×

 

वीरगंज, २ कात्तिक । २०६३ सालमा भारत बिहारका “एैरा गैरा नत्थु खैरा” हरु समेत नेपालको नागरिकता लिएर बैंकलाई करोडौं चुना लगाएर बसेका छन् ।

एउटै बाबुका तिन सन्तान दुई जना बिहारी र एक जना नेपाली कसरी भए । यस सम्बन्धमा अनुसन्धान गर्दा यात्राकर्मीले धम्की व्यहोर्नु परेको छ ।

राजु डाल्डाको नाउँले चर्चित भारतीय नागरिक अहिले आदर्शनगरको मुटुमा भव्य महल खरिद गरेर बसीरहेको देखेपछि सबै आश्चर्य चकित भएका छन् ।

पछि बुझ्दै जांदा राजु डाल्डा तिन दाजु भाई रहेको र दुई जना भारतीय र एक जना नेपाली नागरिक भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

यस सम्बन्धमा बुझ्न प्रयत्न गर्दा नेपाल तरुण दलका एक चेलुवाले फोन गरी धम्काएका छन् । हामी कागजपत्रको अनुसन्धानमा जुटेका छौं, प्रमाण सहित उपस्थित हुनेछौं ।

Back to top