×

वीरगन्ज १ कातिक । समाजवादी पार्टी नेपालका सांसद प्रदिप यादवले गोर्खाली सेना जस्तै मधेशीलाई पनि भारत सरकारले भारतीय सेनामा भर्ना गर्नु पर्ने आवाज उठाएका छन् ।

भारत सरकारले नेपालको गोर्खालीलाई भारतीय सेना भर्ना गर्छ भने मधेशीहरुलाई पनि भारतीय सेनामा भर्ना गर्र्नेु मांग गरेका छन् ।

वीरगंजको मकालु होटलमा मिडिया फाेर बोर्डर हार्मोनी नेपालद्वारा आयोजित नेपाल भारत मैत्री संवाद तथा सम्मान कार्यक्रममा बोल्दै सांसद यादवले नेपालभित्र बस्ने मधेशी र भारतबिच सदियो देखिको बेटीरोटीको सम्बन्ध चल्दै आएकोले मधेशीलाई पनि भारतीय सेनामा भर्ना गर्न भारत सरकारसंग आग्रह गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद यादवले मिडिया फोर बोर्डर हार्माेनीले नेपाल र भारत दुबै देशको सम्बन्धलाई बलियो बनाउमा धेरै नै ठुलो भूमिका खेलेका बताएका छन् ।

मधेश आन्दोलनको बेला प्रहरीद्वारा भएको ज्यादतीलाई नियन्त्रण गर्न समेत मिडियो फोर बोर्डर हार्माेनीको निकै प्रसंसनीय भूमिका रहेका थियो । उनले भने, नेपाल र भारतको सम्बन्ध दुबै देशले नबाई दुबै देशका नागरिकले बनाएको दाबी गरे ।

नेपालमा बाँध बाधेपछि पानीको बहाव भयावह भएर नेपालको पानीले भारतको बिहारमा पार्ने असर र बाँधका कारण रौतहट बासीले खेप्ने सास्तीलाई निराकारण गर्न दुबै देशबिच उच्चस्तरीय सम्बन्वयकारी हुनु पर्ने कुरामा जोड दिएका थिए ।

काठमान्डौंमा चस्मा लगाएर हेर्ने केही व्यक्तिहरुले दुबै देशबिचको सम्बन्धलाई विगार्ने काममा लागेको सांसद यादवको भनाई छ ।

कार्यक्रमका विशिष्ट अथिति रहेका भारती सांसद अजय निषादले नेपाल भारतको बोर्डरको सम्बन्धलाई सुदृढ गरी भारतमा जाने नेपाली र नेपालमा आउने भारतीयलाई दुःख नहुनेमा मिडिया फोर बोडर हार्मोनी संसथाले उत्तरदायि भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

भारतको मुजफ्फरपुरबाट लोकसभामा निर्वाचित माननीय सांसद निषादले व्यपार व्यवसायको सिलसिलामा महिनेपिछे नेपाल आवतजावत गरिरहदाँ कहिल्यै पनि विदेश आएको जस्तो महशुस नभएको बताए ।

मिडिया फााेर बोडर हार्मोनी नेपालका अध्यक्ष अनिल तिवारीको अध्यक्ष र राम सर्राफको उपाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले सांसद प्रदिप यादव, भारत मजफ्फरपुरका लोकप्रिय सांसद अजय निषाद र अतिथि प्रोफेसर साविर अहम्मदलाई सम्मान गरेका थिए । कार्यक्रममा वीरगंजका संचारकर्मीहरुको बाक्लो उपस्थित रहेको थियो ।

Back to top