×

 

वीरगन्ज १ कातिक । बाराको सिम्रौनगढ नाकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध चाँदीसहित एकजनालाई पक्राउ गरेको छ ।भारतसँग सीमा जोडिएको सिम्रौनगढ नगरपालिका ६ सतुवाही नाकाबाट सशस्त्र प्रहरीले १९ किलो १ सय ग्राम चाँदीसहित बाराको साविकको बारागढी गाउँपालिका ६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको हो ।

गोप्य सुराकीको आधारमा गोलागन्जमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टबाट खटिएको प्रहरीको टोलीले साहलाई शुक्रबार बिहान ८ बजे १९ किलो एक सय ग्राम चाँदी सहित नियन्त्रणमा लिएको हो ।

भारतबाट बीआर ०६ एम १०६० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक मल्लले जानकारी दिए । बरामद चाँदीको बजार मुल्य १४ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेको चाँदी र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान र कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल १२ नम्बर गण बाराका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले जानकारी दिए। annapurnapost.com बाट

Back to top