पौढ, यूवा र काँग्रेस

- राकेश यादव

269

नेपाली काँग्रेसको साख र्फकाउन युवाहरुलाई अवसर र नेताको स्वार्थ रहित र्निदेशनको खाँचो छ । नेपाली काँग्रेसमा यूवा सहभागिताको सवालमा विगत केही पुस्ता देखि व्यापक चर्चा पाएको छ । कयौं चाटी यूवाहरु यस विषयमा सांकेतिक आन्दोलन गरेर नेतृत्वलाई सचेत गरेका छन परिणाम नेतृत्वले पनि आफ्ना कार्यकर्ताको मांगलाई प्रायः संबोधन गरेको पाइन्छ त्यसको परिणाम स्वरुप आज र्दजनौ युवाहरु नेपाली काँग्रेसमा ठाँउ पाएको अवस्था छ ।

जसका उदाहरण हुन गगन थापा, विश्वप्रकास शर्मा, प्रदिप पौडेल, कल्याण गुरुङ्गलगयात आदि । यि युवाहरु अहिले काँग्रेसमा आफ्नो दरो उपस्थिति दर्ज गरेका छन र अहिलेका वर्तमान पुस्ताको लागि यति उदाहरण कापी छ तर हामी युवाहरु आफैमा संतुष्ट नहुनु बेग्लै तर्क हुन सक्ला र हामीले हाम्रो दुख पोख्नु पनि स्वभाविक नै हो । ४२ बर्षे उमेर जब हाम्रा पुस्ताका युवानेता नेपाल विधार्थी संघको लागि उम्मेदवारी दिन्छ भने हामी ३५ वर्षे उमेरको युवाहरुलाई नेतृत्व प्रतिको आवेग स्वभाविक हो ।



तर विश्वको महान लोकतान्त्रीक देश भारतको नेताहरुको तस्वीर जब सामुन्ने आउँछ अनि त्यो भ्रम आफै समाप्त गनुपर्ने हुन्छ कारण उत्पन्न हुन्छ भारतिय जनता पार्टीका अध्यक्ष अमित शाह हुन या वर्तमान रक्षा मन्त्री राजनाथ सिँह हुन या प्रधानमन्त्री नरेन्द दामोदर दास मोदीको उमेर पनि उदाहरण हुन सक्छ ।

मधेशमा पहिले व्यापक तर अहिले छिटपुट नेटुवाको नाच भनेर एक नाटक सहितको नृत्य हुन्थयो त्यस नाटकमा एक घुघुलीया भन्ने पात्र हुन्थे तिनका सात दाजुभाई हुन्थयो र भुलबस एक बहिनी पनि थिइन र उनीहरु त्यसलाई पाप मान्थे उनीहरुको र्वचसव थियो त्यो आफ्नो एरियामा अनि हामी कसैको गालि नसहने मान्छे बहिनीको विहे गर्दा ज्वाइको सालो भइन्छ ।

त्यो तिनीहरुको ठुलो अपमान हुन्थयो त्यसकारण उनीहरुले आफ्नो बहिनीको विहे गर्ने तर कुनै बाहानामा केटा सहित सबै जन्तीहरुलाई मार्ने योजना भए त्यस पछि कोइ ज्वाई हुदैन बहिनीको विहे पनि हुन्छ र उनी विधवाको जिवन विताउन थालछीन हामी पालेर राख्ने साही अनुसार कुरा मिल्यो केटा पनि खोजियो तर घुघिलिया सात भाईको एउटा सर्त विहेमा सबै युवाहरु मात्र जन्ती जानुपर्र्ने र कोही बुढापखा जान नपाउने र जन्तीबाट हामी भनेको एउटा पनि गलती भए हामी सबैको बद्ध गर्ने छौ भनि सहमती भयो। जनती तयारी भयो तर एउटा बुढाले तिमीहरु मलाई जनती लिएर हिड हैन भने ठुलो संकट तिमीहरु पछौ भनेर नचाहदा चाहदै उनीहरु त्यस बुढालाई एउटा बाक्समा लुकाएर लिएर जान्छन त्यहा जन्ती ुघुघिलिया भाईहरु नचाहिदो नचाहिदो सवालहरु जनती गएका युवाहरुको समुन्ने राख्छन कारण गलती भए काटेर फाल्ने सहमति भएको थियो । जब युवाहरुको ज्यान खतरा आउँछ त्यो बुढो मान्छेलाई ती युवाहरु सम्झेछन र उनीसँग गएर हल मागेछन र उनले आफ्ना पाको अनुभवबाट ति युवाहरुको ज्यान सजिलै वचाएका छन् ।

यसरी मैले यो लोक कथाबाट युवाको जोस तर पाकाहरुको अनुभवको संयोजनबाट मात्र कुनै पनि कार्यलाई पूर्णता दिन सकिन्छ । काचो उमेर कालमा म पनि खुब यस कुराको उठान गर्थे युवालाई अगाडि लिएर आउनु पर्छ युवा अवसर दिनुपर्छ तर एक अनुभव प्राप्त अभिभावक विना कुनै पनि अनुष्ठा सम्पन्न र समापन हुन सक्दैन । यसका लागि म युवाको तर्फबाट काँग्रेसको त्यो शाख पुनः जागरित गर्न युवालाई संगठन निर्माणको जिम्मा र अनुभवीलाई राज्य विकासको जिम्मा दुई पाटोबाट यो गाडीलाई चलाउनु पर्ने हुन्छ जसरी एउटा गाडीलाई चलाउन इन्जिन चक्का इत्यादी जरुरी छ त्यसतै नेपाली काँग्रेसको लागि इन्जिन हाम्रा अभिभावक हुन भने त्यस इन्जिनको अन्य पाटर्स हामी आम युवा कार्यकर्ता हौ ।

नेपाली काँग्रेसमा विगत दशक देखि द्धन्द्ध माहामारीको रुपमा फैलिएको देखिएको त्यसको कारण केन्द्रमा देखिने विवाद र स्वार्थ जसमा तपाई हामी सबै किता कितामा विभाजित छौ व्यक्ति पिच्छे गुट निर्माण गरिएको छ पैसामुखी कार्यकर्ताको खोजीमा हाम्रा अभिभावकहरु बढि रुची राख्ने गरेका छन कारण नेपाली काँग्रेसमा अन्र्तघातको बृजारोपण भएको हो अभिभावकिय भुमिकामा रहेका हाम्रा नेताहरुको विवादको बलीको बाख्रा हामी युवा कार्यकर्ताहरुको कितामा परिआएको छ कारण हामी पनि अब युवा अवस्था पार भए पछिमात्र अवसर पाउने हो की भन्ने डरले जन्मलिन थालेको छ अभिभावक नेताले अवसर पाउदै जाँदा आत्म संतुष्टिी हुन जान्थयो र युवाहरुलाई पनि छिटो छिटो अवसर पाउथ्यो अनि मात्र अभिभवकहरु प्रतिको नकारात्मक सोच न्युन हुन गई नेपाली काँग्रेसमा युवा जमातको सहभागिता बढथ्यो हाम्रो सुझाव यति मात्र ।

नेपाली काँग्रेसमा केन्द्रले युवा सहभागितालाई सुनिस्चित गरिसक्यो तर जिल्ला स्तरका नेताहरुमा सुधार आउन नसकी काँग्रेस आफ्नो साख गुमाउदै गएको छ । गाउँको सोझा साझा त्यो बुथका सभापतीहरुलाई एक चोटी अधिवेसनको लागि मात्र भेला गरि उनीहरु विच दन्द पनि सृजना गराउने गरेको प्रत्यक्ष हामीले देखेका छौ जसको असर आम चुनावमा पर्ने जान्छ तसर्थ नेपाली काँग्रेसको त्यो आपसी द्धन्द सिध्याउनको लागि पनि नेताहरुको आपसी मेलमिलाप जरुरी छ ।

युवाहरुको शक्ति संचित गरि अभिभावकहरुले मात्र मार्ग निर्देशन गरे नेपाली काँग्रेसमा युवहरुको आर्कषणको केन्द्र बन्ने पक्का छ त्यसका लागि हाम्रा जिल्ला स्तरका नेताको स्वार्थमा कमी र आफु सचिनु जरुरी छ । फेरी पनि यो देश र प्रत्येक जिल्ला काँग्रेसको कब्जामा हुनेछ ।

लेखक नेपाली कांग्रेस पर्साका युवा नेता हुन्