×

 

वीरगंज २९ असोज । वीरगंजका घरधनीहरु वीरगंज युवा तथा व्यापारी सडक पीडित संर्घस समितिले आज नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार संमेलन गरेका छन ।

त्रिभूवन राजपथको बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरबाट २५(२५ मिटर सडक फराकिलो पार्ने भए पछि सोको विरोधमा आज वीरगंज युवा तथा व्यापारी सडक पीडित संर्घस समितिले नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार संमेलन गरेका हो ।

वीरगंज युवा तथा व्यापारी सडक पीडित संर्घस समितिले वीरगंजका व्यापारी, युवा तथा घरधनीको सडक बिस्तार सम्बन्धी धारणा एवम माँग वारे वीरगंज मेनरोडका घरधनी अरविन्द गुप्ताले आफनो बिचार प्रस्तुत गरेका थिए सोही क्रममा घरधनी र पत्रकार विच चर्काचर्की समेत भएको कार्यक्रममा रहेका एक पत्रकारले बताए ।

वीरगंज युवा तथा व्यापारी सडक पीडित संर्घस समिति कार्यक्रममा वीरगंज मेनरोडका घरधनी जवाहिर प्रसाद गुप्ता, भरत नेपाल र प्रमोद रौनियार लगायतको उपस्थिति रहेको थियो ।

https://www.facebook.com/100663118023805/videos/392619511417380/

गण्डकदेखी भन्सार सम्म त्रिभूवन राजपथको दायाँवायाँ महानगरको तथ्याकं अनुसार १ हजार १ सय घर पर्छन । सिंगो बीरगंज महानगरभित्र करिव ४० हजार घर छन । तर राजपथको राइट अफ वे मा निर्माण गरिएका एघार सय घरवालाहरुको नेतृत्वमा बनेको संगठनको नाम “बीरगंज बचाऔ संघर्ष समितीहो” जस्को नेतृत्व अहिले बीरगन्ज बचाऔ संघर्ष समितीका सयोजक पुरेन्द्र किशोर लाबले लिएका छन ।

आधुनीक बीरगंजको निर्माणकालागि अव बाँकी ३९ हजार घरवालाहरुको “बीरगंज बनाऔं” भन्ने नयाँ संगठन बन्ने । पर्साका राजनीतिक दल,नेता र सरकार कता जाने हेर्न बाँकी छ ?

भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टर सम्म प्रति घर दश हजार रुपैयाको दरले उठाएको पैसाले स्थानीय नेताहरु काठमाण्डौ डेलीगेशन गएकोले पनि सडक बिस्तारको बिषयले कस्तो मोड लिने हो भन्ने वीरगन्ज बासीमा जिज्ञासा बढेको छ ।

यता त्रिभूवन राजपथको बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरबाट २५(२५ मिटर सडक फराकिलो पार्ने बिषयले बीरगंजमा गम्भिर बहस शुरु भएको छ ।

त्रिभूवन राजपथको दाया वायाँ सडक बिस्तारका बिषयमा पर्सेली केही नेताहरुले देखाएको ब्यवहारका कारण बीरगंज महानगर भित्रकै वडा नं २१ का नागरिकलाई निकै पीडा महशुस गरेका छन ।

सडकको लालपूर्जा हाम्रो हातमै छ । बिकास होस भन्ने मनसायले बिस्तार अभियानलाई सहयोग गरेर घर भत्काउन दिएका हौ वडा नं २१ परवानीपुरका नागमणी उपाध्यायले भने बीरगंज फराकिलो नहुने हो भने सडक भत्काएर घर रोप्छौ असमान न्यायलाई सहेर बस्दैनौ ।

सडक चौडागरेर आधुनीक बीरगंज निर्माणकालागि योगदान दिन आजको पुस्ताले राजनीतिक नेतृत्वलाई अपिल गरिरहेको छ । तर राजनीतिक नेतृत्व आजको पुस्ताको अपिलको वेवास्ता गर्दै त्रिभूवन राजमार्गको राइट अफ वे भित्र निर्माण भएका ब्यक्तिगत संरचनाहरुको संरक्षणमा लागेका छन ।

भारतको सहयोगमा सन १९५६ मा निर्माण भएको त्रिभूवन राजपथ नेपाल सरकारले निर्धारण गरेको राजमार्ग मापदण्डमा पहिलो नम्बरमा पर्छ । त्रिभूवन राजपथ सडक ऐन २०३१ अनुसार मुख्य राजमार्गको मापदण्ड भित्र पर्छ । सडक ऐनले नै सडकको क्षेत्राधिकार तोकेको हुन्छ । ऐनले तोकेको क्षेत्राधिकार अन्र्तगत नै अहिले २५(२५ मिटर फाराकिलो पार्न खोजिएको हो । २०३४ मै तत्कालीन सरकारले मुआव्जा दिएको सरकारी तथ्यले देखाउछ । मुआब्जा कसले लियो लिएन भन्ने बिषयका आधारमा राजमार्ग बिस्तारको कामलाई रोक्न नहुने आजको पुस्ताको भनाई छ ।

नेताहरु र सडक दाया बाया घर भएकाहरुले बनाएको तथाकथित बीरगंज बचाऔ अभियानका मान्छेहरु सडक फराकिलो पार्न नहुने भन्दै सरकोकारवाला मंत्रीको कार्यालयमा डेलीगेशन गउपछि सामाजिक संजालमा समेत त्यसको बिपक्षमा कडा प्रतिक्रियाहरु आइरहेको छ ।

सामाजिक संजालमा बीरगंजको सडक बिस्तार रोक्न खोजेको भन्दै तस्विरमा देखिएका नेताहरुलाई बहिष्कार गर्नु पर्ने सम्मको अपिल गरेका छन । त्यही नेकपाका सासद पुष्पा कर्णले बीरगंजलाई सुन्दर ब्यवस्थित बनाउन पर्छ भन्दै सामाजिक संजालमै युवाहरुको बिचारलाई प्रोत्साहित गर्दै््िछन ।

एउटै महानगरका अलग अलग वार्डमा फरक खालको ब्यवहार हुन्छ भने त्यो कसैकालागि सैह्य हुने कुरा होइन । पर्सेली राजनीतिकर्मी चुकेको यही निर नै हो । परवानीपुर सडक खण्डमा उधोगहरुको क्षेत्र भत्किदा प्रतिक्रिया बिहिन भएका उधोगी र उधोग वाणिज्यसंघ बीरगंजको बिस्तारको बाधक किन बन्दैछ भन्ने कुरा पेचिलो बन्दै गएको छ ।

बीरगंज ऐतिहासिक शहर र सडकका बिकल्प भएकोले बीरगंज भत्काउन नहुने तर्क पनि गर्न थालिएको छ । ऐतिहासिक हुनुको मापदण्ड के हो ? ऐतिहासिक भन्नेहरुले यसबारेमा केही बताएका भने छैनन ।

तर त्यतीको आधारमा सडक बिस्तार रोक्न नहुने आजको पुस्ताको माँग छ । दिनहु घण्टारदेखी माइस्थान सम्म पटक पटक जाममा पर्नेहरुले सडकमै यस्तो जाम हुदा पनि बिस्तार गर्न नहुने भन्दै नेताहरुप्रति आक्रोश ब्यक्त गर्दै आएका छन । यस्तो परिवेशमा केही नेताहरुको छवी बिकास बिरोधी बन्ने पक्का छ । त्यही नेतृत्वलाई भोलीका दिनमा जनताले कसरी पत्याउछन बिचारणीय भएको छ ।

Back to top