×

 

वीरगंज, २६ असोज । वातावरणः जिउने आधार संस्थाले आइतबार बैठक बसी नयाँ कार्यसमिति गठन गरेको छ । वीरगंज घण्टाघर स्थित आफ्नै कार्यालयमा बैठक बसी संस्थाले नयाँ कार्यसमिति गठन गरेको हो ।

सो बैठक संस्थाको केन्द्रिय अध्यक्ष आकाश चौहान र केन्द्रिय कार्यक्रम संचालक रोशन पटेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको थियो ।

क्षेत्रिय अध्यक्ष (पर्सा, बारा र रौतहट) मा आशुतोष चतुर्वेदीलाई चयन गरिएको हो । नयाँ कार्यसमितिमा अध्यक्ष रोहित वर्णवाल, वरिष्ठ उपाध्यक्ष सौरभ गोयल, उपाध्यक्ष राहुल गुप्ता, सचिवद्वव निरज पटेल र प्रभात सिंह, सह–सचिव दिपु वर्णवाल, कोषाध्यक्ष साहिद नवाज, कार्यक्रम संचालक प्रभाकर चौरसिया, जनसम्पर्क अधिकारी अमित वर्णवाल, सदस्यहरुमा मयंक रौनियार, रोहन महतो, विकास श्रीवास्तव, लक्की गुप्ता रहेका छन् ।

सो बैठकमा यही मंसिर २८ गते हुन गइरहेको वीरगंज लाईभ सिजन ३ (Birgunj Live Season 3) को बारेमा छलफल समेत गरिएको थियो ।

Back to top