१३ जनालााई जलाएर मारेको आराेपमा रौतहटका सांसद मोहम्मद आफताब आलम पक्राउ

416

 

सुब्बा कार्की, रौतहट,२६ असोज । नेपाली कांग्रेसका संघिय संसद महम्मद अफताब आलमलाइ  प्रहरीले आज पक्राउ गरेको छ ।



रौतहट क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अफताब आलमलाइ रौतहट प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो । नेपाली कांग्रेसबाट निर्वाचित सांसद आलमलाइ गौर नजिक इद्रीस गेटबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता तथा डिएसपी नबिन कार्कीले जानकारी दिएका छन् । ०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनीमाथि किटानी जाहेरी परेको थियो ।

आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको छ । आज विदा भएकोले भोली सेमबार अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने डिएसपी कार्कीले जानकारी दिएका छन् ।

उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ कब्जा गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा बम विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो ।

पछि मृतकमा आफन्तले हालेको रिटमा सुनुवाई गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले १६ जेठ २०६९ मा दोषी आरोपित आलम सहित ५ जनालाई गिरफ्तार गरी कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।