×

 

बीरगन्ज २५ असोज । वीरगन्जस्थित आर्दश नगरको पुरानो पानी ट्याकी नजदिक रहेको ओम साइ ड्रीकिङ (पानी) उधोगमा भिषण आगलागी भएको छ ।

वीरगन्ज महानगर पालिका वडा नम्बर १० पानी ट्याकी नजदिक रहेको संचालक प्रेम झाँको ओम साइ ड्रीकिङ उधोगमा आगलागी भएको हो ।

बिहान ८ बजेदेखि लागेको आगो ३ घण्टा पछि वीरगन्ज उपमहानगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानिय बासिन्दाहरुको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट उधोग पुर्णरुपमा जलेको छ उधोगमा ४ करोड बराबारको क्षती भएको उधोगका संचालक प्रेम झाँले बताएका छन ।

Back to top