×

बारा २२ असोज । राजपा नेपालको शुभकामना अर्दान प्रदान कार्यक्रममा प्रदेश २ को भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले मधेसी जनताको अधिकार प्राप्त भएपछि मात्र बिकास हुने बताउनु भएको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल बाराको क्षेत्र न.४ को प्रसौनी गाउँपालिका कमिटीले आयोजना गरेको दशै दिपावली एवं छठ पर्वको शुभकामना अदान प्रर्दान कार्यक्रममा मन्त्री सोनलले मधेसी जनताको अधिकार प्राप्तिका लागि राजपा नेपालले संघर्स गर्दै आइरहेको बताएका छन ।

मन्त्री सोनलले दुई तिहाईको कम्युनिस्ट सघिय सरकारले मधेसी जनताको अधिकार खोसेने र संविधान संशोधन नगर्न षड्यन्त्र गरिरहेका बताए ।

कार्यक्रममा राजपा सांसद एकबाल मिया, जिल्ला समन्वय समिति बारा सभापति नवलकिशोर सिंह, अधिवक्ता रामचन्द्र सिंह, राजपा क्षेत्र न.४ को अध्यक्ष सिताराम गुप्ता, रामचन्द्र साह लगायतले शुभकामना मन्तव्य राखनु भएको थियो ।

भन्ने कार्यक्रमको अध्यक्षता भोलाप्रसाद गुप्ता र संचालन निप्पु गुप्ताले गरेको थिए ।

Back to top