×

विरगंज २१ असोज । वडा दशैंको अवसरमा पर्साको सखुवापर्सौैनी गाउँपालिकाको महुवनमा आज आयोजना भएको बिराट कुस्ती प्रतियोगिताको समुद्घाटन सांसद प्रदिप यादवले गर्नुभएको छ ।

संस्कृति तथा खेलकुद प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरीएको कुस्ती प्रतियोगितालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती समेत रहनुभएका सांसद यादवले मधेसको शानको रुपमा रहेको कुस्ती खेललाई प्रवर्द्धन गर्न सके प्रदेश दुईको नाम विश्व जगतमा पुर्याउन सकिने बताउनुभएको छ ।

देशका शासकहरूले मधेसको यस्ता हिराहरूलाई पहिचान गर्न ढिलाई गरेकाले कुस्ती खेल स्थानीय आयोजनामा मात्रै सिमित रहेको बताउँदै उहाँले मधेसको पहिचान तथा कुस्ती खेलाडीका गोल्डमेडलिष्ट र नव खेलाडीहरूको मनोबल बढाउने खालका कार्यक्रम केन्द्रीय स्तरबाटै आयोजना हुनेपर्नेमा आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सखुवा प्रसौनी गाउँपालीकाका अधयक्ष प्रदीप जयसवाल आज आयोजित कुस्ती मेलामा नेपालको पर्सा , बारा , रौतहट ,धनुषा लगायत भारतको दिल्ली, बनारस, गोरखपुर, ,कुशीनगर , रामनगर लगायतका स्थानबाट राष्ट्रिय स्तरका ख्याती प्राप्त कुस्ति खेलाडीहरुको सहभागिता रहेको थियो ।

मेलामा प्रदेश सांसद प्रहलाद गिरी , प्रदेश सांसद मजुर अंसारी ,समाजबादी पार्टी पर्साका संयोजक राम नरेश यादव, सचिव तबरेज अहमद , वडाध्यक्ष असलम आलम ,जगरनाथपुर गाउपालीकाका प्रमुख जालीम मियाँ लगायतको उपस्थिती रहेको थियो ।

Back to top