×

वीरगन्ज १८ असाेज । सांसद प्रदिप यादवले शान्तिको कामना गर्दै, वीरगंजमा बाजाँगाजा सहित फुलपाती भित्र्याउनु भएको छ ।

संघिय संसदका सांसद प्रदिप यादवले देशको हरेक नागरिक सुखि र समृद्ध होस् भन्दै कामना गर्दै फुलपाती भित्रयाउनुको भएको हो । संविधान संशोधनका लागी देशमा रहेको असन्तुष्टि समाप्त पार्न यस दशैंले काग्रेस एमालेको बुद्धि फेरोसे भन्दै वहाँले कामना गर्नु भएको हो ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती शास्त्रीय विधिअनुसार उनि लगायतका भक्तजनहरुले माता दुर्गाको डोली लिई नेपाल बिधुत प्राधिकरणको प्रांगणमा पुगि मन्दिरको पुजा अर्चना गर्नु भएको थियो ।

राधेमाई मन्दिरको प्राङ्गणबाट निकालिएको डोलि वडा प्रहरी कार्यालय श्रीपुर, तिजारथ टोला हुदै फुलपाती भित्रायाईएको थियो ।

घटस्थापनाका दिन देखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्रयाउने गरिन्छ । नव प्रतिकको नामले समेत चिनिने फूलपाती नौ देवीको रुपमा भित्रयाउने गरिन्छ ।

Back to top