×

वीरगंज १२ असोज। वीरगंज विकास युवा संघर्ष समिति पर्साले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री रघुवीर महासेठलाई ज्ञापन पत्र बुझाएको छ।

वीरगंज को मुख्य सडक २५/२५ मिटर न तोड्ने वीरगंजबाट गएको जम्बो टोली प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

वीरगंजको विकास बिरोधी जम्बो टोलीको बिरुद्द वीरगंजका सक्रिय युवाहरुले वीरगंज विकास युवा संघर्ष समिति नामक संघर्ष समिति नै गठन गरी चरणवद्ध आन्दोलनमा रहेको समेत जानकारी गराउदछौं। केही सिमित व्यक्ति को स्वार्थ को लागि वीरगंज को विकास को बाधक बन्ने सिमित उद्योगी व्यवसायी तथा नेताहरुको भण्डाफोर गर्दै बिरगंजको सडक चौडा नभए कडा भन्दा कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन्।

वीरगंज विकास युवा संघर्ष समिति का सम्पुर्ण युवाहरु द्वारा ज्ञापन पत्र बुझाउने मा अकलेश साह, महमुद अंसारी, रामबाबु मन्डल, मोहम्मद जौवाद, दिपक पटेल, सम्सुल अंसारी, सागीर अंसारी, रंजीत चौरसिया, संदिप बिक्रम साह, राकेश पटेल लगायत जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका थिए।

Back to top