×

बिरगंज ६ असोज । आईतबार वीरगंजको घण्टाघर अगाडी आयोजित शिवचर्चा कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य प्रदिप यादवले शिव आराधनाले हिन्दु धर्मको रक्षा र जगेर्ना गरेको बताउँदै शिव भगवानको आराधना र चर्चा गाउँ गाउँमा नभएको भए जसरी पैसाको बलमा क्रिसचन नेपालमा बसेका छन् त्यसरी नै हामीलाई समाप्त पार्न किडन्याप गरेर पनि लैजान सक्ने उनीहरुको मानसिकता रहेको बताएका थिए ।

विगतको दिनमा नेपालमा आएको भू–कम्पको बेला विदेशीहरु अनावश्यक सहयोगको नाममा बाईबल काटेर धर्म परिवर्तन गराईएको हो , जुन हिन्दूधर्मावलम्बीहरुको लागी घातक रहेको छ । उनले भने, पृथ्वीमा जति ठुलो विपती आउदा पनि भगवानको पूजा आधारना गरी देवतालाई गुहार्ने गरेको हुनाले देवी देवताप्रतिको आस्था र विश्वास हिन्दूधर्मावालम्बीमा सदियोदेखि चल्दै आएकोले मधेशको संस्कृति र रितीरिवाज झल्काउने गरी गरिएको शिवआराधना प्रति भावुक हुँदै उनले शिवभक्तजनहरुको प्रशंसा पनि गरेका थिए ।

मधेशको भूमिको प्रत्येक जिल्लाका गाउँ गाउँ र टोल टोलमा शिव भगवानको पूजा आराधना ९ शिव चर्चा०ेले मधेशको संस्कृति, भेषभूषालाई जगेर्ना गर्ने थप सहयोग भएकोले शिव चर्चा आयोजकलाई धन्याबाद दिदै सांसद यादवले धर्तीमा हुने।पापको साफाय गर्नेमा शिव चर्चाको धेरै ठुलो महत्व रहेको बताएका थिए । उनले भने शिव भगवानको पुजा, आराधना नभएको भए सायद पृथ्वी नै ध्वस्त हुने थियो । भगवानको पूजा आराधना कै देन हो कि धर्तीमा पाप गर्ने पापीहरु दिनानुदिन सर्वनाश हुदै गईरहेकका छन ।

सांसद यादवले शिवभक्तजनहरु कही कतैबाट एक पैसाको पनि सहयोग नलिई आफ्नै रगत र पसिनाले कमाएको रकम संकलन गरी भगवानको यस्तै पूजापाठ तथा आराधना गरिने चलन कायमै रहेकोले आजसम्म हाम्रो समाजमा हिन्दु धर्म कायम रहेको बताए ।

नेपाली समाजमा हिन्दु धर्मप्रतिको श्रद्धाभाव र विश्वासलाई समाप्त पार्न विदेशीहरुले विभिन्न चलखेल गरिरहेको बताउँदै उनले भगवानप्रतिको आस्था र विश्वासलाई अझै बलियो बनाउन प्रत्येक गाउँटोलमा शिव भगवानको पूजा आराधना गर्नु आवश्यक रहेको सांसद यादवको भनाई छ ।

Back to top