वीरगञ्जमा धितो कम राखी करोडौं रुपैया कर्जा दिने बैंकका मेनेजरदेखि कर्मचारीहरु माथि छानबिन सुरु !

2936

वीरगंज ६ असोज । वीरगञ्जका दर्जनौं बैंकका कर्मचारीहरुले ऋणिसँग मिलेर अनुत्पादन क्षेत्रमा गरेको कर्जा प्रवाह एवं नक्कली जग्गाको लालपूर्जा बनाएर फर्जी व्यक्तिका नाममा ऋण दिएका बैंकका कर्मचारीहरुलाई धमाधम पक्राउ गर्ने प्रक्रिया सुरु भएको छ ।

वीरगञ्जमा धितो कम राखी करोडौं रुपैया“ कर्जा दिने बैंकका मेनेजरदेखि कर्मचारीहरुको बारेमा समेत सुक्ष्म अध्ययन सुरु भएको छ । एनआइसि एसिया बैंकले ब्ल्याक मनिलाई हवाइट बनाएको प्रकरणमा २० कर्मचारीहरु छानबिनको कठघरामा छन् भने वीरगञ्जमा रहेका अन्य बैंकका कर्मचारीहरु माथि समेत छानबिन हुने बताइन्छ ।



यसै सेरोफेरोमा बैंक अफ काठमाण्डूका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीइओ) अजय श्रेष्ठसहित ६ जना कर्मचारीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उनीहरुलाई प्रहरीले विभिन्न समयमा पक्राउ गरेको हो । प्रहरीले पूर्वसीइओ श्रेष्ठलाई गत शुक्रबार नियन्त्रणमा लिएको सीआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डलेले जानकारी दिए ।

‘खोलाको जग्गा धितोमा बैंकले ऋणन प्रवाह गरेको अभियोगमा ऋणी, बैंकका सीइओ, कर्मचारी र भ्यालुएटरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उहाँहरु पक्राउ पर्नुभएको हो,’ प्रवक्ता पाण्डेले भने, ‘ऋणी र भ्यालुएटर भने अझै फरार छन्, हामी खोजिरहेका छौं ।’ प्रहरीले पूर्वसीइओसहित ३ जना पूर्व कर्मचारी र उक्त ऋण प्रक्रियामा सहभागी ३ जना बहालवाला कर्मचारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा शुष्मा शाह, बिक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी छन् । झापाका एक ऋणी (सुरेन्द्र श्रेष्ठ) ले झापाको बिरिङ खोलाभित्र पर्ने जग्गाको नक्कली धनीपूर्जा सन् २०१५ मा बैंक अफ काठमाण्डूबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए ।

ती ऋणीले ऋणको सावाँ र ब्याज नतिरेपछि बैंकले अनुसन्धान गर्दा खोलाभित्र पर्ने जग्गाको पुर्जा बनाएर ऋण लिई बैंकलाई ठगी गरेको तथ्य फेला परेको थियो । यस्तो तथ्य फेला परेपछि बैंकले केही समयअघि ऋणी सुरेन्द्र श्रेष्ठलाई बैंकिङ कसूर गरेको अभियोगमा प्रहरीमा किटानी जाहेरी दिएको थियो । प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको खबर पाएपछि बैंक अफ काठमाण्डूका सीइओ र सञ्चालकहरु प्रहरीकहाँ पुगेका थिए ।

उनीहरुले यो घटनामा श्रेष्ठको केही पनि दोष नरहेको प्रष्ट पारेका थिए । बैंक सञ्चालक समिति जमानी बसेर श्रेष्ठलाई छुटाउने प्रयास गरेको थियो ।

तर, प्रहरीले मानेन । त्यसपछि राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरले पनि सीआइबी प्रमुखलाई फोन गरेको भएपनि प्रहरीले छाड्न मानेन । अजेय श्रेष्ठ बैंकिङ कसूर गरेको अभियोगमा पक्राउ परेको खबरले बैंकहरुहरुलाई तनाव बनाएको छ । ‘

जम्मा ५ करोड रुपैयाँ ऋणको विषयलाई लिएर अजय श्रेष्ठ सहित पक्राउ परेका हुन् । वीरगञ्जमा पनि त्यस्तो क्ष्ँेत्रमा करोडौं लगानी गर्ने बैंक कर्मचारीहरु जाकिने अनुमान लगाउन थालिएको छ ।