×

वीरगन्ज ३ असोज । आज असोज ३ अर्थात् संविधान दिवस । सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट चौथो बर्ष पुरा गर्दै छ । २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज वीरगन्जमा संविधान दिवस मनाइँदैछ ।

वि.सं. २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गर्नुभएको थियो । वीरगन्जमा आज संविधान दिवसको अवसरमा वीरगन्जको घण्टाघर नजिक विशेष कार्यक्रमको आयोजना गरेको छ ।

मुलुक संघीय संरचनामा अघि बढेको पनि दुई वर्ष पुरा भइसकेको छ । यता, सरकारले विशेष कार्यक्रम गरी संविधान दिवस मनाइरहँदा असन्तुष्ट पक्षले असोज ३ अर्थात् आजको दिनलाई ‘कालो दिन’का रूपमा स्मरण गर्दै छ । असन्तुष्ट पक्षले संविधान जारी हुँदा ‘ब्ल्याक आउट’ गरेको थियो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को अग्रसरतामा संविधान जारी हुँदा तराई–मधेसकेन्द्रित दलले भने हस्ताक्षर गरेनन् । ती दल प्रदेश सीमांकनमा असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएका थिए ।

संविधान जारी भएसँगै आन्दोलन चर्किंदै गयो, जसका कारण नेपाली जनताले लामो समय भारतीय नाकाबन्दीको सामनासमेत गर्नुपरेको थियो । भारतसँगको नाकाकेन्द्रित आन्दोलनसम्म गरेर सरकारको समर्थकसमेत बनिसके पनि तत्कालीन मधेसी मोर्चाबाट बनेको राजपा र समाजवादी पार्टीको संशोधनको माग अझै रोकिएको छैन ।

Back to top