×

वीरगंज, ३१ भदौ । वीरगंज महानगरपालिकाको अदूरदर्शिताको कारण आन्तरिक आय खस्किंदैछ । साउन एक गतेदेखि नै राजस्व सङ्कलन हुने गरी सञ्चालनमा ल्याउनुपर्ने विभिन्न ठेक्काहरू अहिले दुई महीना बितिसक्दा पनि विभिन्न कारणले सङ्कलन हुन सकेको छैन । जसले गर्दा महानगरपालिकालाई करोडौंको राजस्व घाटा भइरहेको छ ।

वीरगंज मनपाको पाँचौं नगरसभाले पारित गरेको चार करोड एकाउन्न लाखमा सवारी व्यवस्थापन गर्ने ठेक्का कार्यपालिका सदस्यहरूको विरोधको कारण विवादित भयो । आपैmंले गरेको निर्णयविरुद्ध कार्यपालिका सदस्यहरूले आपत्ति जनाउँदै ठेक्का रद्द गरेपछि ठेक्का सकार गरेका रमाकान्त चौरसिया अदालत पुगे तर अदालतबाट उनको हकमा नभई मनपाको हकमा पैmसला भयो ।

अहिले पुनः सवारी करको लागि कार्यपालिका सदस्यहरूले मूल्याङ्कन गरी तोके अनुसार ७ करोड ५ लाख न्यूनतम मूल्य राखेर ठेक्का आह्वान गरिएको छ । तीस दिने सूचना भदौ १४ गते प्रकाशित भएको छ । मनपाका मेयर विजय सरावगी पछिल्लोपटक सवारी व्यवस्थापनसम्बन्धी सूचना अनुसार ठेक्का नलाग्ने दाबी गर्छन् । मेयर सरावगीका अनुसार कार्यपालिका सवारी व्यवस्थापन ठेक्कामा चुकेको छ ।

विभिन्न शीर्षकमा सवारी व्यवस्थापन ठेक्कामा दररेटहरू घटाइएको र मालवाहक सवारीसाधनसँग मात्र रकम सङ्कलन गर्नुपर्ने प्रावधान राखिएकोले गत वर्षको तुलनामा यस वर्ष सवारी व्यवस्थापनको ठेक्का मूल्य घटाइएको उनले बताए । उनले सवारी व्यवस्थापन सम्बन्धमा कार्यपालिका सदस्यहरूले दूरदर्शिता नदेखाएको कारण यो ठेक्का लाग्न समय लाग्ने र मनपालाई करोडौंको घाटा बेहोर्नुपर्ने बताए ।

अर्का कार्यपालिका सदस्य अरविन्द गुप्ताले पनि सवारी व्यवस्थापन ठेक्कामा कार्यपालिका सदस्यहरू चुकेको बताए । उनले आपैmंले गरेको निर्णय आपैmं उल्टाउनु कानूनसम्मत नभएको तर्क गर्दै वर्तमान मूल्यमा ठेक्का नलाग्ने ठोकुवा गरे । वीरगंज मनपामा सवारी व्यवस्थापन ठेक्का मात्र होइन, नयाँ आधुनिक बसपार्कको ठेक्का नलाग्दै विवाद चुलिएको आजको प्रतिक दौनिकमा समाचार छापिएको छ ।

बसपार्क ठेक्काको लागि तीनवटा ठेकेदार कम्पनीले सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत माग दाबी गरेका छन् । एनके इन्टरप्राइजेज, ओम साइँ कन्स्ट्रक्शन र एसबिएस कन्सल्टेन्सीले बसपार्कको सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालनको दाबेदारी गरेका छन् । अहिले यो प्रक्रिया मनपाको मूल्याङ्कन समितिमा छ । तर मूल्याङ्कन समितिले निर्णय नगर्दै ठेक्का एनके इन्टरप्राइजेजलाई दिने तारतम्य मिलाइएको हल्ला व्याप्त छ ।

एकजना कार्यपालिका सदस्यका अनुसार रु ७ करोड ५० लाख दररेट भरेका एनके इन्टरप्राइजेजलाई ठेक्का दिने मनसाय बनाइएको छ । तर ओम साइँ कन्स्ट्रक्सनले एनकेभन्दा रु १ करोड अर्थात् साढे आठ करोडमा ठेक्का माग गरेको छ । उसलाई ठेक्का नदिनुको ताŒिवक कारण केही छैन तर विभिन्न सूचकहरू सिर्जना गरेर ठेक्का एनके इन्टरप्राइजेजलाई दिने अन्तिम तयारी भएको ती सदस्यले बताए ।

ठूलो दररेटको दुई ठेक्काको विवादसँगै मीनाबजार, सवारी पार्किङ, हाटबजार पिठियाकर, चिल्डे«न पार्क पनि विवादित छ । मीनाबजारको ठेक्का सकार गरेको विक्की गुप्ताले २०७३ देखि हालसम्म वार्षिक रु १ करोड ३१ लाखमा १० प्रतिशत वृद्धि हुने गरी ठेक्का सकार गरेपनि अहिलेसम्म १ करोड ३० लाख बक्यौता तिरेका छैनन् ।

उनको ठेक्का तोड्ने विषयमा पनि मनपा अन्योलमा छ । यसैगरी उद्घाटनको दस महीना बितिसक्दा पनि चिल्डे«न पार्कको ठेक्का लाग्न सकेको छैन । बल्ल ९ महीनापछि सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत रु २० लाखमा माग गरेको हिमाल ढुवानी र सुमित ठेक्कापट्टाको दाबी रद्द गरिएको छ । नयाँ ठेक्काको लागि अहिलेसम्म सूचना प्रकाशित भएको छैन ।

वीरगंज मनपाले प्रकाशित गरेको सवारी पार्किङ र हाटबजार पिठियाकरको लागि कसैले पनि टेन्डर खरीद गरेको छैन । दररेट, क्षेत्र घटाइएको तर ठेक्का रकम यथावत् राखिएकोले दुवै ठेक्का लाग्न नसकेको हो । सवारी पार्किड्ढो ठेक्का रु ६५ लाख र हाटबजार पिठियाकरको ठेक्का रु ५२ लाख तोकिएको छ ।

हिजोसम्म टेन्डर खरीद गर्ने अन्तिम मिति रहेपनि एउटा पनि बोलपत्र बिक्री हुन सकेन । वीरगंज महानगरपालिकाले ठेक्का आह्वान गरेकोमा परवानीपुर हाटबजार पिठियाकरको मात्र ठेक्का लागेको छ । असार मसान्तसम्म ठेक्का प्रक्रिया सम्पन्न भएर साउनदेखि राजस्व सङ्कलन हुनुपर्नेमा थुप्रै ठेक्काहरू लाग्न नसक्दा मनपाले करोडौंको घाटा बेहोर्नुपरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष मनपाले आन्तरिक राजस्व सङ्कलन दायित्व पनि घटाएको छ । गत वर्ष रु ७२ करोड राजस्व रहेको मनपाले आकस्मिक नगरसभा गरेर आन्तरिक राजस्व रु ५२ करोडमा झारेको थियो तर अन्तिम समय, असार मसान्तसम्म केवल रु ४० करोड मात्र रकम सङ्कलन हुन सक्यो । यस वर्ष रु ४५ करोड राजस्व सङ्कलनको लक्ष्य छ तर करीब २० करोडको हाराहारीमा राजस्व सङ्कलन हुने ठेक्काहरू लाग्न नसक्दा यस वर्षको राजस्व पनि नराम्ररी प्रभावित हुने सङ्केत देखिएको छ ।

Back to top