×

वीरगंज २५ भदौ । वीरगंज महानगरपालिका वडा नं। १६ नगवा पोखरीमा मंगलबार साँझ एक अज्ञात व्यक्तिको शव फेला परेको छ ।

सो व्यक्ति मंगलबार साँझ करिब ७ बजेको समयमा नगवा पोखरीमा डुबेको अवस्थामा फेला परेको प्रहरी जनाएको हो । सो शवलाई नारायणी उपक्षेत्रिय अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको थियो ।

उक्त व्यक्ति हुलिया हेर्दा थारु जस्तो देखिएको तथा गहुँगोरो रंगको रहेको सो व्यक्तिको पहिचानको लागि शरीरको चेकजाँच गर्दा कुनै किसिमको परिचय खुल्ने गरी कार्ड अथवा कागजात फेला नपरेको तथा सो अज्ञात व्यक्तिको शवबाट एक थान मोबाइल भेटिएको थियो ।

सो मोबाइल पनि पानीमा भिजेको कारण मोबाइल चालु गर्न नसकिएकोले सो व्यक्तिको पहिचान खुल्न नसकेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुले जानकारी दिए ।

Back to top