×

वीरगन्ज २५ भदाै । ५७ औं नेपाल रेडक्रस स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा अन्तरगत रहेका नेपाल रेडक्रस सोसाइटी रानिघाट उपशाखाको आयोजनामा उपशाखा अन्तरगतका विद्यालयहरुको अन्तर विद्यालय निबन्ध प्रतियोगिताको अयोजना गरेको थियो ।

अन्तर निबन्ध प्रतियोगिता उपशाखाका सभापति दिनानाथ रौनियारको सभापतित्वमा भएको थियो भन्ने प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति बिरेन्द्र राज कँडेलले रेडक्रस र जुनियर युवाको भुमिकाको वारेमा सहभागीहरुलाई प्रस्ट पार्नु भएको थियो ।

निबन्ध प्रतियोगिताको शिर्षक हरियो वातावण बनाउनमा जुनियर युवाको भुमिकाको वारेमा ८ वटा विद्यालयका १६ जना विद्यार्थीले निबन्ध लेखेका थिए ।

सो मध्ये प्रथम अ‍ोशिष मा.वि.का. आदेश हजरा दोश्रो हुनेमा गोल्डेल प्mयुचर मा.वि.कि प्रिया प्रजापती र तेश्रो नेपाल राष्ट्रिय उ.मा.वि.श्रीपुरकी अनु मण्डालले उत्कृष्ट स्थान हासिल गरेकोमा बिशिष्ठ अतिथी शाखाका उपमन्त्री साबिर अहम्मद एराज, उपकोषाध्यक्ष दयाशंकर सिह, उपशाखाका उपसभापति जवाहर गुप्ता, कार्यक्रम संयोजक भरत शर्मा र शाखा अधिकृत उदय राज शर्माले प्रतियोगिहरुलाई मन्तव्य सहित पुरस्कार एवं प्रमाण–पत्र प्रदान गरेका थिए, ।

कार्यक्रमको सम्पुर्ण व्यवस्थापन रानिघाट उपशाखाका सचिव भरत शर्माले गरेका थिए भने कार्यक्रम संचालन सहायक राजन श्रीवास्तवले गर्नु भएको थियो ।

Back to top