×

वीरगन्ज २३ भदौ । वीरगन्ज नगवा निवासी दिनेशचन्द्र गिरीले आफनो बहिनी ज्वाईलाई यो देशको नागरीकता दाईजोमा दिएका रहस्य खुलेको छ ।

पूवीचम्पारण बिहार आदापुर वेलवा पंचायतका रामलोचन गिरीका छोरा अमरकिशोर गिरीसंग दिनेशले आफना बहिनी शान्ति गिरीको विवाह गरेका थिए ।

अमरकिशोर गिरीलाई रौतहत जिल्ला नरकटिया वडा नम्बर २ बाट मिती २०६३ ११ १८ गते जन्मको आधारमा नागरीकता दिलाउन सफल भए सो नागरीकताको आधारमा अमरकिशोर दुवै देशको मतदाता भई सरकार बनाउदै आईरहका छन ।

अमरकिशोर रौतहतबाट बसाई सराई गराएर पर्सा वडा नम्बर १३ नगवाका स्थाई वासिन्दा भएका छन । यस पालीको निर्वाचनमा यिनले यहीबाट मत खसालेका थिए ।

अमरकिशोरले मेरो सालोको डाईरेक्ट ने.क.पा. अध्यक्ष प्रचण्डसंग उठवस भएको ले उस्ले वर्तमान सरकारमा जे काम पनि गराउन सक्छ भन्दै डिङ्ग हाकेर हिडेका छन ।

Back to top