×

वीरगन्ज २३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पाँच हजार घुस लिँदै गरेका पर्सामा कार्यरत प्रहरी जवान पक्राउ परेका छन ।

आज दिउँसो १० बजेको करिब अख्तियारको टोलीले पाँच हजार घुस लिँदै गरेका अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गम्भीरा साह तेलीलाई रंगेहात पक्राउ गरेका हुन ।

सोमबार वीरगञ्जको माईस्थान गहवामाई मन्दिर अगाडी रहेको भरतको दही चिउरा पसलमा बसेर सेवाग्राहीसँग नगद पाँच हजार लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ परेको साहलाई स्थानिय वडा अध्यक्ष ध्रुव प्रसाद नेपालको रोहबरमा मुचुल्का उठाई घुसको रकमसहित आवश्यक अनुसन्धानको लागि आयोगको कार्यालय हेटौँडा लगिएको आयोगका शाखा अधिकृत कृष्ण सुवेदीले बताए ।

पक्राउ परेका प्रहरी जवान साह जिल्ला प्रहरी कार्यालयको सहायता कक्षमा कार्यरत थिए ।

Back to top