×

वीरगन्ज २४ भदौ । नव नागरिक प्रवीण कुमार वंकाको नागरिकता माथि प्रश्न चिन्ह उठे पछि उनले प्रयोग गर्दै आएका सामाजिक सञ्जाल फेसबुकलाई निष्कृय बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साबाट झुठो विवरण पेश गरी नेपाली नागरिकता हासिल गरेका वंका विहारी मारवाडी भएको तथ्य सार्वजनिक भइसकेको छ ।

सरावगी ग्रुपमा साधारण नौकरी गर्ने वंका छोटो अवधिमै रसायनको काम गरेर अरबपति भएका छन् . बिहारको समस्तीपुर जिल्ला उजियारपुर विधानसभा दलसिंह सराय बस्ने प्रवीण कुमार वंका सत्यनारायण वंकाका कान्छो छोरा हुन् ।

उनका दाजु सुनिल कुमार वंका र माहिलो अनिल कुमार वंका अहिले पनि दलसिंह सराय मै बस्दै आएका छन् ।

यसै गरि आखरा घाट मुज्जफरपुरका स्थाई बासिन्दा प्रविण बंकाका काका ससुरा पवन कुमार भगेरिया पनि मोरङ्गको रगेलीबाट झुठो विवरण पेश गरि पवन कुमार अग्रवालको नाममा नागरीकता लिएर नेपाली बाबु बनेर हिडीरहेका छन ।

Back to top