×

वीरगन्ज २१ भदौ । समाजवादी पार्टीका नेता एवम ले प्रेम वा कुनै पनि बहानामा एसिड प्रहार जघन्य अपराध भएको बताउदै यस्ता अपराधिलाई कडा भन्दा कडा कार्यवाहि हुनु पर्ने धारणा व्यक्त गर्नुभएको छ ।

शनिबार वीरगन्जमा आयोजित रुगंटा वेलफेयर सोसाइटीको आठौ बार्षिकोत्सव समारोहको प्रमुख आतिथीको रुपमा बोल्दै नेता यादवले बालिकाहरुलाई सरफिरा अपराधिहरुबाट सुरुक्षित पार्न उम्रकैद वा फासि जस्ता कडा कानुन बनाउनु पर्ने आवश्यकता रहेको बताउनु भएको हो ।

उहाले एसिड प्रहार जस्ता जघन्य अपराधवाट पिडित बालिहरुको पढाइ लगायत सम्पुर्ण खर्चको जिम्मेवारी राज्यबाट व्यवस्थापन गरिनु पर्ने मागं समेत गर्नुभयो ।आठौ बर्षिकोत्सवको उपलक्ष्यामा रुगंटा वेलफेयर सोसाइटीलाइ शुभकामना व्यक्त गर्दै सांसद यादवले प्राकृतिक बिपदाको समय होस वा शिक्षा र स्वास्थ्य एवम धार्मिकस्थलहरुको प्रवद्र्धन ,सबै क्षेत्रमा रुगटा बेल फेयर सोसाइटीको सहयोग अग्रणीस्थानमा रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै उहाले आर्दशनगको भवनहरुलाई हरियो बनाएर मात्र महानगरलाई ग्रीनसिटी बनाउन नसकिने बताउदै पुरै महानरपालिकामा बृक्षारोपणको कार्यक्रम ल्याउनु पर्ने आवश्यकता रहको बताउनु भयो ।

सांसद यादवले वीरगन्जको बिकासको लागी सबै जनप्रतिनिधिहरु मिलेर गए मात्र बिकास सम्भव रहेको बताउदै माइस्थान,गीतामन्दिर जस्ता धार्मिक क्षेत्रमा स्थानिय निकायले कानुन बनाएर पनि मासु मदिरा बिक्रिमा रोक लगाउनु पर्ने बताउनु भयो ।प्रदेश सरकारले स्थानिय युवाहरुको भर्नालाई अनिवार्य बनाउन बाध्यात्क कानुन बनाएर भएपनि प्रदेशको बेरोजगारीलाई न्युनि गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको उहाको भनाइ समेत रहेको थियो ।

बार्षिकोत्सव समारोहमा विभिन्न विद्यालयका छात्र छात्राहरुलाई शिक्षा समग्री सहितको व्याग वितरण गरिएको थियो । रुगंटा वेलफेयर सोसाइटीका अध्यक्ष मुरलीधर रुगंटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उधोगपनि बाबुलाल चचान,पत्रकार महासघं पर्साका सभापनि श्याम बन्जारा लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Back to top