वीरगंजमा १३ औ मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध रैलै

88

आज १३ औ मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध दिवस बिरगंजमा बिभिन्न कार्यक्रम गरी मनाईदैछ । बिरगंज महानगरपालिकाको आयोजनामा र बिभिन्न गैरसरकारी संस्थाहरुको सहजीकरणमा बिरगंजको घण्टाघर देखी नारा, पलेकार्ड बोकी रैली निस्केको छ ।

रैलै बसपार्कमा गई सम्पन भएको छ भने बसपार्कमा मानव बेचबिखन तथा ओसारपसार बिरुद्धमा सडक नाटक प्रदर्शन भईरहेको छ । रैलीमा बिरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगी, महानगरका कर्मचारी, प्रहरी उपरिक्षक, डिएसपी,प्रहरी जवान, एनजीवेसीसी, डिवाईसी, माईती नेपाल, आफन्त नेपालका दर्जनौको सहभागीता रहेको छ ।