×

वीरगंज २० भदौं । वीरगंजमा एसडी प्रहार भई घाइत भएकी मुस्कान खातुनलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । वीरगंजस्थित नारायणी अस्पतालमा प्रारम्भिक उपचार पछी खातुनलाई सांसद प्रदीप यादवको पहलमा काठमाडौँ लगिएको हो ।

शुक्रबार बिहान करिब ६ बजे छपकैयाबाट विद्यालय जाने क्रममा बिर्ताको गणेशमान चोकमा मुस्कानलाई तिन युवकले एसिड प्रहार गरेका थिए । एसडी प्रहारबाट मुस्कानको स्वास्थ्य अवस्था गम्भीर देखिएकोले काठमाडौँ रिफर गर्नु परेको चिकित्सकहरुले बताए ।

पर्सा क्षेत्र नं. १ का सांसद यादवले मुस्कानको उपचारका लागि ५० हजार सहयोग समेत गरेका छन् । काठमाडौँमा रहे पनी सांसद यादवले मुस्कानको उपचारका लागी उनका बुवा रसूल अलिलाई आफ्नो स्वकीय सचिव निखिल बरनवाल मार्फत प्रारम्भिक उपचारका लागी रु ५० हजार सहयोग गरेका हुन् । यादवले काठमाडौँमा समेत मुस्कानको उपचारमा सहयोग गर्ने जनाएका छन् ।

यादवले एसिड प्रहारमा संलग्न सबैलाई कडा भन्दा कडा कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । एसिड प्रहारमा संलग्न वीरगंज छपकैया ( २ नासरुदीन मियाँका छोरा संसाद आलम, मनोहर मियाँ हजामका छोरा साजिद मियाँ हजाम र बसिर मियाँका छोरा रैफुल मियाँ रहेका छन् ।

फरारमध्ये एसिड प्रहार गर्ने मुख्य अभियुक्त संसाद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्यको खोजी जारि रहेको प्रहरीले जनाएको छ । बालिकाकी माइजु रियाना खातुनका अनुसार घटनामा संलग्न दुबै चिनजानकै र छिमेकी हुन् । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरका अनुसार घटनाको अनुसन्धान भइरहेको बताए ।

Back to top