वीरगंजमा एसिड प्रहारबाट १५ वर्षीय युवती घाइते एसिड प्रहार गर्ने एक पक्राउ एक फरार

2283
मुस्कानलाई उपचारका लागि वीरगन्ज स्थित नारायण अस्पताल लगिदै ।

वीरगन्ज २० भदौं । वीरगन्जमा एक छात्रा माथि एसिड प्रहार भएको छ । वीरगन्ज छाप्कैयाकी मुस्कान खातुनमाथि शुक्रबार बिहान दुई व्यक्तिले एसिड प्रहार गरेका हुन् ।

विद्यालय जान क्रममा वीरगन्ज वडा नम्बर ५ गणेशमान चौकमा स्कुल जाने क्रममा मुस्कानलाई करिब ६ बजे बिहान दुई युवकले एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



एसिड प्रहारबाट मुस्कान गम्भीर घाइते भएकी छिन, उनको उपचार वीरगन्ज स्थित नारायण अस्पतालमा भईरहेको छ ।
त्रिभुवन हनुमान मावीमामा कक्षा ९ मा अध्ययनरत मुस्कानको एसिड प्रहारबाट एक साइटको भाग पुरै जलेको छ ।

एसिड प्रहारमा संलग्न वीरगंज छपकैया २ नासरुदीन मियाँका छोरा संसाद आलम, मनोहर मियाँ हजामका छोरा साजिद मियाँ हजाम र बसिर मियाँका छोरा रैफुल मियाँ रहेका छन् । युवक द्वयले मुस्कानको छाति, हात र मुखमा एसिड प्रहार गरी फरार भएका थिए ।

एक जना पक्राउ, एक जना फरार

वीरगञ्ज-१३ श्रीपुर घर भएपनि खातुन अध्ययनका लागि वडा नं. ३ छपकैया स्थित मामा घरमा बस्दै आएकी थिइन् ।

सम्साद मियाँ

घटनाबारे जानकारी पाएलगतै एसिड प्रहार गर्ने युवकको खोजी शुरु गरेको प्रहरीले घटनामा संलग्न एकजनालाई नियन्त्रणमा लिएको छ । एसिड प्रहारमा संलग्न मुख्य अभियुक्त वीरगञ्ज-२ छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । आफूलाई प्रेम नगरेको भन्दै सम्सादले मुस्कानमाथि एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी शर्माले जानकारी दिए ।

उनका सहयोगी सोही ठाउँका १६ वर्षीय माजिद आलम भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले घाइते छात्राको उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेका छन् । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरका अनुसार घटनाको अनुसन्धान भइरहेको जनाएका छन् ।   घटनाको पूर्णविवरण आउन बाँकी ।