एसिड प्रकरण : वीरगञ्जमा सुरक्षा व्यवस्था निकै फितलो भएको भन्दै प्रदर्शन

4442

वीरगञ्ज २० भदौ । वीरगञ्जका स्थानिय युवाहरुको सक्रियतामा घण्टाघर चौकमा विरोध प्रदर्शन गरिएको छ । एका बिहानै गणेशमान चोकमा बालिकामाथि भएको एसिड प्रहारको घटनाले यस क्षेत्रमा सुरक्षा व्यवस्था निकै फितलो भएको भन्दै प्रदर्शन गरिएको सहभागिहरुको भनाई छ ।

महिला सुरक्षा ग्यारेण्टि गर, बहिनी मुस्कानको आरोपितलाई कारवाही गर जस्ता नारा लगाउँदै प्रदर्शन गरिएको छ । प्रदर्शन पश्चात आयोजना भएको कोणसभामा युवा अभियन्ता ओमप्रकाश सर्राफ, राजपा नेतृ रम्भा मिश्रा, स्थानिय युवा मिरोज आलम, शेख मुन्ना लगायतकाले सम्बोधन गरेका थिए ।



कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले विधालय पढ्न जाने क्रममा किशोरी माथि भएको एसिड आक्रमण निकै निन्दनीय भएको बताएका थिए । दोषिलाई तत्काल पक्राउ गरि कडा भन्दा कडा कारबाही गर्न पनि माग गरेका थिए । पछिल्लो समय पर्सा जिल्ला लगायत आसपासका क्षेत्रमा अपराधीक क्रियाकलापमा निकै बढोत्तरी भएको देखिएको छ ।