×

वीरगंज, भदौं १९ - वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले लगाएको ताला आज देखि खोलेका छन् । क्याम्पस प्रशासनले अबदेखी परिक्षा केन्द्र अन्त नसार्ने लिखित प्रतिबद्धता दिएपछी विद्यार्थी संगठनहरुले ताला खोलेका हुन् ।

गत मङ्गलबार विद्यार्थी संगठनहरु र क्याम्पस प्रशासन बीच विभिन्न मुद्दामा असहमति भएपछी क्याम्पसमा तोडफोड गर्नका साथ् ताला लगाएका थिए । क्याम्पसमा अनियमितता, लाइब्रेरीको समस्या, पठन-पाठनमा अव्यवस्था, भौतिक संरचनामा सुधारलगयात माग गर्दै विद्यार्थी संगठनहरुले क्याम्पासमा तोडफोड गर्नका साथै क्याम्पसका सम्पूर्ण शाखामा ताला लगाएका थिए ।

क्याम्पस प्रशासनले हाम्रो माग सम्बोधन गर्न साथै अबदेखि परिक्षाकेन्द्र अर्को संगठनमा नसार्ने प्रतिबद्धता व्यक्त गरेपछी तालाबदी खुलेको सम्ज्वादी विद्यार्थी युनियनका ठाराब एकाई उपाध्यक्ष शशिकान्त सर्राफले भने । उनले विद्यार्थीहरुको हक हितका लागि आफुहरुले क्याम्पसमा तालाबन्दी गरेको बताए । 'क्याम्पस प्रशासनले हाम्रो मागहरु सम्बोधन गर्न लिखित प्रतिबद्धता दिएपछी हामीले तालाबन्दी खोलेका हौँ,' नेता सर्राफले भने, 'क्याम्पसमा बढेको अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गराउनु हाम्रो प्रमुख अजेण्डा हो, विद्यार्थीलाई परेको कुनै दु:ख र समस्या हामीले सहन सक्दैनौं ।'

नेता सर्राफले बिहिबार क्याम्पसको सभागृहमा विद्यार्थी संगठन र क्याम्पस प्रशासन बीच भएको बार्ता पछि तालाबन्दी खोल्नका साथै आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएको जानकारी गराए । बार्तामा समाजवादी विद्यार्थी युनियनका ठाराब एकाई सचिव विकास मेहता, जिल्ला सदस्य आविद हुस्सेन, राष्ट्रिय विद्यार्थी संघका ठाराब एकाई अध्यक्ष अमित यादव र नेपाल विद्यार्थी संघका नेता मुनराज तिवारीलगयातको उपस्थिति रहेको थियो ।

Back to top