×

मलंगवा, भदौं १९ - विगत ३६ वर्ष देखि हुँदै आएको तारा रनिङ शिल्ड हाजरी जवाव प्रतियोगिता यस वर्ष पनी हुने भएको छ । मलंगवा जेसिसले विगत ३६ वर्ष देखी गर्दै आएको जिल्ला स्तरिय जेसी तारा रनिङ शिल्ड हाजरी जवाव प्रतियोगिता भदौं २७ र २८ गते हुने भएको होf ।

मलंगवा जेसिसका संस्थापक सदस्य जेसी मुक्ति गोविन्द बैद्यले आफ्नो श्रीमती तारा बैद्यको सम्झनामा ३६ वर्ष पहिला सुरु गरेको हाजरी जवाव प्रतियोगितामा जिल्ला भरिबाट ५० भन्दा पनि बढि विद्यालय सहभागी हुने आयोजकहरुले जनाएका छन् ।

विद्यार्थीहरुको क्षमता अभिवृद्धि, ज्ञान सुधार, प्रतिष्पर्धी बनाउन र अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगिताका लागी तैयार पार्ने हाजरी जवाफ आयोजना गरिएको कार्यक्रमका संयोजक जेसी शिवम अग्रवालले बताए ।

त्यसैगरी मलंगवा जेसिसका अध्यक्ष जेसी विकास अग्रवालले विगत ३ दशक भन्दा बढि देखि कार्यक्रम गर्दै आएकोमा खुसि व्यक्त गरे । उनले आगामी भविष्यमा पनी यस कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराए । अग्रवालले हाजरी जवाव प्रतियोगिता संगै मलंगवा जेसिस ले अन्य मानवीय कार्यहरु समेत गर्ने योजना रहेको बताए ।

Back to top