×

काठमाडौँ १९ भदौ । सतरुढ दल समाजवादी पार्टी नेपाल कि राष्ट्रिय उपाध्यक्ष एवं माननीय सांसद रेणु यादवले अहिले को सरकार भ्रष्टाचार मा लिन भएको आरोप लगाईन | बुधवार बसेको संसद को बैठक को बिशेष समय मा बोल्दै सांसद यादव ले एक तर्फ देश मा महंगी बढिरहेको बेला सरकार को लापरवाहीका कारण आम नागरिकलाई सास्ती भोग्नु परेको छ भने अर्को तर्फ सरकार ले भ्रष्टाचार मा लिन रहेको र भ्रष्टाचारी लै जोगाउन महारथ हासिल गरेको आरोप लगाईन |

सासंद यादव ले दिनहु देशमा हत्याहिंसा भईरहेको हुँदा पनि सरकार मौन रहेको र सुरक्षा निकाय सुस्त गतिमा कार्य गरिरहेको बताउदै तस्कर लै राहत र कृषि प्रधान देशमा नै कृषक लाई दुइचार बोरा खादको लागि पनि बदाहक बनाउने सड्यन्त्र मुलक कार्य भइ रहेको प्रति गम्भीर रुपमा सोच्नु पर्ने बताउदै सरकार संग यो समस्या संग लड्न कुनै पोलिसी र नीति तयार नरहेको समेत आरोप लगाईन |

समाजवादी पार्टीको उपध्यक्ष समेत रहेकी सासद रेणु यादव ले संबिधान संसोधनलाई प्रमुख अजेण्डा बनाई सरकारमा सहमति को आधारमा सामेल भएपनि आज सम्म संसोधन बारे चर्चा समेत न हुनु दुर्भाग्य रहेको र समाजवादी पार्टी समेत सरकार मा रहने कुनै औचित्य न रहेको भन्दै सरकार बाट बह्रिने सट्टा कुनै बिकल्प न रहेको जिकिर गरिन |

सांसद यादव सरकार माथि खनिन्दै पररास्ट्र नीतिमा सरकार को वेनेशुएल लगायत बिभिन्न अन्तरास्ट्रिय मुद्दा मा दिएको अभिवाक्ति र भारत को कश्मिर मुद्दा माथि सरकारको चुपी ले कमजोरी र बचकाना देखाएको आक्रोश ब्यक्त गर्दै प्ररस्ट्र नीति स्पस्ट हुनु आवस्यक रहेको भन्दै सभामुख मार्फत सरकारलाई ध्यानाकर्षण गराईन |

सांसद यादवले देशमा नागरिकता विधयेकलाई लिएर देशमा चर्चा रहेको र लाखौ लाख नेपाली सन्तानहरु नागरिकता बिहिन रहेको र यसबाट मधेश नभइ पुरै देशमा आम जन्मसिद्ध नेपालीक सन्तान ले भोग्नु पर्ने पिडा समेत सरकार गम्भीर नरहेको समेत आरोप लगाईन |

Back to top