×

वीरगन्ज १८ भदौ । सशस्त्र प्रहरीले अवैध रुपमा भन्सार छली गरेर नेपाल भित्र्याउन लागिएको चाँदिका गहना सहित एक जनालाई पक्राउ गरेको छ ।

१३३२ ग्राम चाँदिका गहना सहित सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिकाका वडा नं. १२ बस्ने वर्ष १८ को विकास सर्राफलाई नियन्त्रणमा दिएको हो ।

वीरगंज महानगरपालिका वडा नं. १६ स्थित भन्सारको मुलगेट अगाडीबाट चेकजाँचको क्रममा सिमावर्ती भारतीय सहर रक्सौलबाट आउंदै गरेको ना.१३.प ५५२४ नम्बरको मोटरसाईकलमा सवार सर्राफको साथमा रहेको झोलाबाट चाँदिका गरगहना बरामद भएपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

चाँदिको बजार मुल्य १ लाख ३ हजार ३ सय ६३ रुपैया रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Back to top