×

वीरगञ्ज १७ भदौ । सावरिया एडभरटाइजरले नेपालमा पहिलो पटक वीरगञ्जमा एलईडी बोर्ड लगाएको छ ।

बीरगंजको आर्दशनगर ग्रीन सीटीमा एक वर्षअगाडी डिजिटल बोर्डले सुरवात गरेको कम्पनीले नेपालमा पहिलो पटक सोलर पोलमा एलईडी बोर्ड लगाएको हो ।

साढे २ लाखको लगानीमा बनेको एक थान बोर्ड आउने समयमा बीरगंजको प्रत्येक चौकमा लगाउने कम्पनीको उद्देश्य रहेको बताइएको छ ।

आर्दशनगर, अलखियामठ लक्ष्मी बैंक चौक, पाँवर हाउस डिभाइडरमा डिजटल बोर्ड पहिलो सुरवात गरेको कम्पनी अब एलईडीतर्फ लागेको छ । बीरगंजलाई डिजटलाईज गर्ने कम्पनीको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

Back to top