×

वीरगंज, भदौं १७ - वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले तोडफोडा तथा आगजनी गरेका छन् । क्याम्पसमा अध्ययन, अध्यापन तथा परिक्षा केन्द्रको विषयलाई लिएर आन्दोलनरत विद्यार्थी संगठनहरुले क्याम्पसमा विरोध प्रदर्शन गर्दै तोडफोड र आगजनी गरेका हुन ।

समाजवादी विद्यार्थी युनियान, राष्ट्रिय विद्यार्थी संघ र नेपाल विद्यार्थी संघ संग आबद्ध विद्यार्थीहरुले क्याम्पसमा अध्यन, अध्यापनमा अनियमितता, लाईब्रेरीको समस्या, भौतिक पूर्वाधार विकासमा भ्रष्टाचार र परिक्षा केन्द्र अन्तै सारिएकोलगयात विषयलाई लिएर मङ्गलबार बिहान देखि क्याम्पस अगाडी विरोध प्रदर्शन गरेका थिए । क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरु संगको वार्ता असफल भएपछी आक्रोशित विद्यार्थीहरुले क्याम्पसमामा तोडफोड गर्नका साथै आगजनी गरेका हुन् ।

क्याम्पस प्रशासनले विद्यार्थीहरुको भविष्य संग खेलवाड गरेको आरोप लगाउदै विद्यार्थी संगठनहरुले तोडफोड र आगजनी गरेको समाजवादी विद्यार्थी युनियनका ठाराब एकाई उपाध्यक्ष शशिकान्त सर्राफले बताए । 'क्याम्पस प्रशासनले हजारौं विद्यार्थीहरुको भविष्य संग खेलवाड गर्दै छ, क्याम्पसमा पढाईको स्तर घटेर सुन्यमा झरेको छ,' सर्राफले भने, 'तर पनि क्याम्पस प्रशासनलाई मतलब छैन ।'

उनले क्याम्पस प्रशासनले विद्यार्थी संगठनहरु संग छलफल नगरीनै परिक्षा केन्द्र अन्तै सारेको विषयले पनि विद्यार्थीहरुमा आक्रोश बढेको बताए । 'क्याम्पसमा अनियमितता छ, नियमित कक्षा संचलान हुदैन, शिक्षकहरु अनुपस्थित रहन्छन, यस्तो अवस्थामा विद्यार्थीहरुले परिक्षा कसरी दिन्छन,' सर्राफले भने, 'त्यसमाथी पनी क्याम्पस प्रशासनले विद्यार्थी संगठनहरु संग छलफल नगरेररै परिक्षा केन्द्र समेत परिवर्तन गरेको छ, यसले विद्यार्थीहरुमा थप आक्रोश बढेकोले क्याम्पसमा आगजनी र तोडफोड भएको हो ।'

सर्राफले क्याम्पस प्रशासनका सम्पूर्ण शाखामा आफुहरुले तालाबन्दी गरेको बताए । उनले क्याम्पस प्रशासनले विद्यार्थीहरुको सम्पूर्ण माग पुरा नगरे सम्म तालाबन्दी नखोलिने जानकारी दीए । आन्दोलनमा समाजवादी विद्यार्थी युनियनका एकाई अध्यक्ष हरिन्द्र साह, सदस्यहरु शेख रहमान, आबिद हुसेन, सरफराज आलम, आयुष बरनवाल, राष्ट्रिय विद्यार्थी संघका ठाराब अध्यक्ष अमित यादव, अनिश कुशवाह, विवेक झा, सागिर अली, नेपाल विधार्थी संघका मुनराज तिवारीलगयातको उपस्थिति रहेको थियो ।

Back to top