×

वीरगंज, भदौं १३ - पर्साको धोबिनी गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुमा वाटर फिल्टर (पानी सुद्धिकरण गर्ने उपकरण) वितरण गरिएको छ । समर्थ नेपालले सृजनशील युवाहरुको समुह संस्कृतीको सहकार्यमा शुक्रबार धोबिनी गाउँपालिकाको लंगडीमा एक कार्यक्रमबीच गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुमा वाटर फिल्टर वितरण गरिएको हो ।

द वर्ल्ड ईज माई कन्ट्री फाउन्डेसन र द वाटर वियरर्सको सहयोगमा गाउँपालिकाका १७ विद्यालयहरुको सम्पूर्ण कक्षा कोठाहरुमा वाटर फिल्टर जडान गर्न गाउँपालिकालाई ६० थान वाटर फिल्टर हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथी सुरेश प्रसाद कुर्मीले वाटर फिल्टर जडानले विद्यालयका बालबालिकाहरु पानीले सार्ने रोगबाट बच्ने विश्वाश व्यक्त गरे । उनले सहयोगी सम्पूर्ण संघ संस्थाहरुलाई यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा द वाटर वियरर्सकी प्रतिनिधि जेन ब्रिण्टोनले वाटर फिल्टर जडान र उपयोग बारे प्रयोगबारे परिक्षण दिएकी थिईन । उनले उपस्थित सबैलाई पानिको महत्वबारे समेत जानकारी गराईन । त्यसैगरी समर्थ नेपालकी सह संस्थापक तथा निर्देशक प्रियाशा महर्जनले वितरित सोलार बत्ती प्रयोगबारे प्रशिक्षण दिएकी थिईन ।

कार्यक्रमका सभापती संस्कृतिका वरिष्ठ सल्लहाकार तबरेज अहमदले सुद्ध पानीले समाज र गाउँ स्वास्थ्य रहने भएकोले वितरित वाटर फिल्टर महत्वपूर्ण रहेको बताए । कार्यक्रममा समर्थ नेपालका सागर पाराजुली, सुरबी रेग्मी, संस्कृतीका कोषाध्यक्ष विनीत डाल्मियालगयातको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण आशुँ सर्राफले गरेका थिए ।

Back to top