×

वीरगन्ज १२ भदौ । पर्सा जिल्ला साविक अलौ गाविस वडा नम्बर २ हाल वीरगन्ज महानगरपालिका वडा नम्बर ११ वस्ने सत्य नरायण साह कानुको नाती सकलदेव साह कानुको छोरा पन्नालाल साहको नाउँमा पर्सा जिल्ला अदालतले ३५ दिने म्याद जारी गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ वस्ने शंकर सर्राफको छोरा राज सर्राफसंग लेनदेन मुदामा अदालतले ३५ दिने म्याद जारी गरेको हो ।

पन्नालालले ३५ दिन भित्र राज सर्राफसंग लिएको दस लाख रुपैया र त्यस्को साँवा ब्याज नदिएमा जेलयात्रा निश्चित छ ।

वीरगन्जका दुई दर्जन भन्दा बढी ब्यापारीहरुको पैसा लिएर उल्टै उनिहरु माथि मुदा दिएर हैरान वनाएका पन्नालाललाई राज सर्राफले सिधा खर्च राखेर निवेदन दिएकोमा भदौ १० गते पर्सा जिल्ला अदालतले म्याद जारी गरेको हो ।

Back to top