बारामा बालकको कपाल मुण्डन गरी यातना दिने वडा अध्यक्षलाई डिएसपी सिंहको इजलासले दियो सफाई

379

बारा १२ भदौ । कलैया उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राजेश्वर केशरीले तीन जना बालकहरुलाई शारिरिक र मानसिक यातना दिएको आरोप लागेको छ ।

बालक र तिनका अभिभावकले मंगलबार कलैयामा पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् । उनीहरुले चकलेट चोरी गरेको आरोपमा बालकहरुमाथि अमानवीय तथा पाशविक ब्यवहार केशरीले गरेको आरोप लगाएका हुन् ।



पत्रकार सम्मेलन कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित देवकीलाल धर्मशाला परिसरमा भएको हो । स्थानीय हिरा केशरीको पसलवाट चकलेट चोरेर खाएको भन्दै वडा अध्यक्ष केशरीले यस्तो ब्यवहार गरेका हुन् ।

स्थानीय रामपूजन मण्डलको नौ वर्षीय छोरा रुपेश मण्डल, जग्गा पासवानको १० वर्षीय छोरा गुलशन पासवान तथा नथुनी साह गोढको ११ वर्षीय छोरा राहुल गोढ माथि अत्याचार भएको हो ।

घटना भदौ १ गतेको हो । हिरा केशरीको पसलवाट चकलेट चोरेको आरोपमा यी तीन बालकहरुलाई नियन्त्रणमा लिइएको थियो । आपूmहरुको हाथ बाँधी वडा अध्यक्ष केशरीको घरमा रातभरी राखेको उनीहरुले पत्रकार सम्मेलनमा बताए ।
रातभरी राखेपनि खाना पनि खान दिएनन् । आपूmहरुलाई कुटपिट समेत गरे बालकहरुले पत्रकार सम्मेलनमा भने । केशरीले उनीहरुको कपाल पनि मुण्डन गरिदिएको उनीहरुले बताए ।

यसपछि यी बालकका अभिभावक तथा स्थानीयले न्यायका लागी संघर्ष शुरु गरे । जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न गएकोमा आपूmलाई मुद्दा फाँटका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले भगाई दिएको अभिभावकहरु बताउछन् ।

आपूm स्थानीय अभिभावकसंगै गएको पूर्व सहायक मन्त्री कलावती पासवानले बताइन् । प्रहरी निरीक्षक साहले आपूm वडा अध्यक्ष विरुद्ध मुद्दा नलिने भन्दै आपूm समेतलाई भगाई मुस्कानसहितको प्रहरी सेवा दिएको पासवान बताउँछिन् ।

यता आरोप लागेका केशरीलाई घटनाबारे जान्न फोन गर्न खोज्दा उनको मोबाइल फोन एक महिलाले उठाउने गरेकीछन् ।
कलैया उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष राजेश्वरप्रसाद केशरीले जिल्ला प्रहरी कार्यालयमा बुधवार गाँउलेहरुको अगाडि पीडितसँग सार्वजनिक रुपमा माफी मागेका छन् ।

वडा अध्यक्ष केशरीले गल्ती स्विकार गरी सार्वजनिक रुपले माफी मागे सँगै विवाद साम्य भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित प्रमुख डिएसपी रंजितसिंह राठौरले मुदालाई रफादफ गरिदिएका छन ।

यता पिडित पक्छले भने बाराका निमित प्रमुख डिएसपी रंजितसिंह राठौरले मुदा दर्ता गरि कानुनी कारवाही गर्नुको साटो आफै न्यायाधीश बनी मुदा रफादफ गरि दोसिलाई सफाई दिएका हुन ।