वीरगन्जमा आत्माराम र बुला खेतानले सुरुगरे सट्टाबाजी खेल हारजितको रकम हुण्डीमार्फत आदान प्रदान

1096

वीरगंज ९ भदौं । २०७६ साल वैशाक २५ गते वीरगंज महानगरपालिका आदर्शनगरस्थित घर बहालमा लिएअर क्रिकेट सट्टा (जुवा) खेलाईरहेको बेला पाँच लाख नगद सहित पक्राउ परेका ५३ वर्षीय आत्माराम खेतान र उनका भाई बुला खेतानको जुवा धन्दाले फेरी तीव्रता पाएको समाचार प्रकाशमा आउन थालेको छ ।

भारतको राजस्थान स्थायी घर भएका खेतान ब्रदर्शले अचेल भरी सुनचाँदीको भाउ बढ्नेरनबढ्ने डलरको भाउ बढ्नेरनबढ्ने र शेयर बजारको भाउ बढ्नेरनबढ्ने भन्ने विषयमा समेत सट्टाबाजी खेल खेलाउने र हारजितको रकम हुण्डीमार्फत आदान प्रदान गर्ने गरेको समाचार प्राप्त हुन् आएको छ ।



उनीहरुले वीरगंजस्थित आदर्शनगर चौकमा रहेको व्यापारिक कम्प्लेक्समा कार्यालय स्थापना गरी कारोबारलाई निरन्तरता दिएका छन् भने काठमाडौँमा समेत सट्टा खेलाउने कार्यालय खोलेर अबैध धन्दालाई मलजल गरिरहेको समाचार प्राप्त हुन् आएको छ ।

अधिकांश क्रिकेट खेलहरुमा सट्टाबाजी गर्दै उनीहरुले नेपाल र भारत दुवै देशका नागरिकहरलाई बिल्लीबाँठ बनाउदा समेत स्थानीय नियमन निकायले कुनै निगरानी नगरेको गुनासो पिडित पक्षधरहरुले गर्न थालेका छन् ।

२०७२ सालको वैशाख २५ गते पाँच लाख प्रहरीलाई घुस दिंदादिंदै उनिहरु पक्राउ परेका थिए ।