×

वीरगंज ८ भदौ । वीरगंजको होटेल मकालुमा संयुक्त रुपमा महिलाहरु भव्यताका साथ महान चाड हरितालिका तिज पर्वको अवसर पारी दर खाएका छन । सो कार्यक्रम सपना मित्तलको सभापतित्वमा सम्पन्न गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाकी उप–मेयर शान्ति कार्कीले वृक्षमा पानी हाली कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । सो कार्यक्रममा उपस्थित महिलाहरुले विभिन्न किसिमका खेल, नृत्य तथा सांगेतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए भने नृत्य तथा खेलमा पहिलो दोस्रो र तेस्रो हुनेलाई पुरस्कृत समेत गरिएको थियो ।

कार्यक्रमका सभापति मित्तलले वीरगंज महानगरपालिकाकी उप–मेयर कार्कीलाई मायाको चिनो प्रदान गरी सम्मानित गर्नु भएको थियो ।

कार्यक्रममो सचिव आश्मा सिंह यादव, कोषाध्यक्ष प्रिया जोशी, जिल्ला संयोजक गुड्डी जोशी, मिना टिवडेवाल, रिन्कु चौधरी, त्रिमुर्ती सिनेमाका हनुमान अग्रवाल लगायत स्थानीय महिलाहरु र संचारकर्मीको उपस्थिती रहेको थियो । https://www.facebook.com/100028204114575/videos/354883745461760/

Back to top