×

वीरगन्ज ६ भदौ । वीरगन्जको विर्ता र माइस्थानमा बम विस्फोट घटनामा संलग्न तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । गत साउन २४ गते विर्ताको तरकारी बजारमा र २८ गते माइस्थान तरकारी बजारमा बम विस्फोट गराएको आरोपमा वीरगंन्ज २४ रामगढवाका जौवाद अंसारी र इनुस अंसारीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका जौवाद अंसारी घटनाका मुख्य योजनाकार भनिने फुलहसन अंसारीका भाइ हुन् भने इनुस अंसारी काकाका छोरा हुन् । फुलहसन भने फरार छन् । उनको खोजी कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

फुलहसन अंसारी जयशंकर साहको कर्तव्य ज्यान मुद्दामा सजाय काटी २०७४ असोज ९ गते वीरगन्ज कारागारबाट छुटेका थिए ।

गत साउन २४ गते वीरगंजस्थित विर्ता बजारमा भएको बम विष्फोटको जिम्मा भारतको विवेक सिंह नामक व्यक्तिले लिएका थिए । घट्ना पश्चात भारतिया नं। बाट यात्रा डेलीलाई सम्पर्क गरेर विवेक सिंह नामक एक व्यक्तिले विस्फोटको जिम्मा लिएका थिए ।

सिंहले वीरगन्जस्थित कारागारमा आफ्ना साथीभाई कैदीबन्दिहरुलाई चरम यातना दिएको आरोप लगाउदै बम विष्फोट गराएका थिए । उनले कारागारको अवस्थामा सुधार नआए पुनस् विस्फोट गराउने चेतावनी समेत दिएका थिए ।

पर्साका प्रमुख जिल्ला अधिकारि र जिल्ला प्रहरी कार्यालय पर्सालाई नै चुनौती दिने गरी वीरगन्जको अति ब्यस्त बजारका दुई स्थानमा बम विस्फोट गराएका थिए । विस्फोटका मुख्य योजनाकार ९ विवेक सिंह ० फुलहसन भने फरार रहेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये जौवाद नाबालक छन् । उनको उमेर १९ वर्ष रहेको छ । उनिहरुको साथबाट चार राउन्ड गोली, सुतली बम जस्तो देखिने ३ थान र मोबाइल २ थान बरामद भएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

अनुसन्धानको क्रममा सुतली बम विस्फोट भएको दिन सद्दामको मोबाइल नम्बरको लोकेशन देखाएको थियो सोही आधारमा प्रहरीले उनिहरुको घरमा छापामारी तीनै जनालाई पक्राउ गरेको हो । तर, पर्साको प्रहरी उपरीक्षक राठौरले फुलहसनको योजना अनुसार पक्राउ परेकाहरु तिनै जनाले आम जनमानसमा त्रास भइलाउनको लागि पटाखा पड्काएको दाबी गरेका छन् ।

पक्राउ परेका तिनै जनाविरुद्ध हातहतियार तथा खरखजाना र विस्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए । अंसारीले वीरगन्जमा आतंक मच्याउन र अपराधिक गतिविधिलाई सक्रिय बनाउन सार्वजनिक तथा निजि स्थलमा बम विस्फोट गराउने योजना समेत बनाएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।

Back to top