×

राजेश केसरिवाल , वीरगन्ज ४ भदौ । नेपालमा भारतीय गाडी चालहरुलाई दुख दिने नियम लागूका कारण आज नेपाल भारत सिमा मैत्री पुलमा जाम गरिएको छ ।

भारतीय नागरिकहरुले रक्सौल बीरगन्ज मैत्री पुलमा एम्बुलेंस र गाडीहरु रोकी आवागमन अवरुद्ध पारेका छन ।

नेपालमा भारतीय गाडीहरुको एंट्रीको कुरा लिएर नेपाल सरकारद्वारा प्रत्येक दिन नयाँ नियम परिवर्तण भएकोले भारतिय गाडी चालकहरु दुख भोगनु परेका कारण भारत नेपाल सीमा रक्सौल बार्डर मैत्री पुलमा आक्रोशित स्थानिय भारतीय नागरिकहरुले जाम गरि सीमा नाका बन्द गरेका छन ।

बुधवार बिहान देखि स्थानीय भारतियहरुले हजारौको संख्यामा रक्सौल बीरगन्जको मैत्री पुलमा एम्बुलेंस, बाइक र ट्रकोहरु खड़ा गरि सीमा नाका बन्द गरेका छन ।

https://www.facebook.com/ram.sarraf/videos/10212123051551250/

Back to top