×

वीरगञ्ज ३ भदौ । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ अध्यक्ष प्रभु साहले प्रदेश अध्यक्षबाट राजीनामा दिएका छन् ।

पार्टी नेतृत्वपंक्तिले असहयोग गरेको र चौतर्फी घेराबन्दीमा राख्न खोजेको आरोप लगाउँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका साहले पार्टीको माथिल्लो निकायको गलत निर्णय र निर्देशनका कारण काम गर्ने वातावरण नभएकोले पदमा बसिरहनुको औचित्य समाप्त भएकोले राजीनामा दिएको बताए ।

उनले प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि भूमिकाविहीन बनाइएको गुनासो पोखेका छन् । प्रदेश सदस्यहरुको चयन गरिँदा अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएपछि पनि असन्तुष्ट थिए ।

साहको राजीनामाबाट प्रदेश २ र खासगरी रौतहटमा नेकपालाई ठूलो धक्का लागेको छ । साह नेकपाका लागि एउटा मजबुत, जुझारु र विकासप्रेमी नेताका रुपमा परिचित छन् ।

Back to top