×

वीरगन्ज १ भदौ । वीरगन्जको स्वास्थ्य क्षेत्रमा नेपालकै नाम चलेको हस्पिटल बयोधा समुहले करिब ५० करोड रुपैयाँ लगानी निर्माण भएको छ । समूहले वीरगन्जको गण्डक नजिक कामधेनु कोलोनीमा नारायणी बयोधा अस्पताल निर्माण भएको हो ।

काठमाडौंको बल्खुपछि नारायणी अञ्चलका रोगी लक्षित गरी बयोधाले शाखाको रुपमा वीरगन्जमा अस्पताल निर्माण भएको छ । त्रिभुवन राजपथको पश्चिममा पर्ने कामधेनु कोलोनीमा निर्माणाधिन अस्पतालको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

शुरुमा १०० बेड हुने अस्पतालको ५ तले भवन निर्माण भइरहेको हो । बल्खु जस्तै यस अस्पतालमा पनि छतमा हेलीप्याड बनाइएको छ । त्यस बाहेक सवारीसधान पार्किङ देखि ल्याब, वार्ड, आइसियु, भेन्टिलेटर सबै सुविधासम्पन्न र उच्च गुणस्तरको हुने जनाइएको छ ।

अस्पतालमा बयोधा समुहको स्थानिय साझेदारको रुपमा वीरगन्जका व्यापारी अशोक वैद्य रहेका छन् । वीरगन्जका अन्य अस्पताल भन्दा प्रभावकारी स्वास्थ्य सेवा दिने अभिप्रायले ठूलो लगानी गरेको वैद्यले बताए । उनका अनुसार अस्पतालमा ‘मल्टी स्पेसलिस्ट’ डाक्टर टोली काम गर्दै छन । बयोधा नारायणी वीरगन्जकै उत्कृष्ठ अस्पताल हुने उनले दावी गरेका छन ।

Back to top