×

बिरगन्ज ३१ साउन । नेवार महासंघ पर्साको आयोजनामा आज बिरगन्जमा नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन ।

नेवार समुदायहरुले वीरगन्जको मेनरोडमा गाईजात्रा रैली निकालिएको छ । नेवार समुदायमा कोही व्यक्तीको मृत्यु भएको १ बर्ष भित्र पृत्रिको सम्झनामा गाईजात्रा निकाल्ने परम्परा रहेको हुनाले बाजागाजाको साथ गाईजात्रा भब्य र सभ्य तरिकामा निकालीएको छ । गाईजात्रामा गाईको पुच्छर समातेर बैकुण्ठ पुग्ने जनबिश्वास रहेको छ ।

Back to top