वीरगन्जको मुख्य सडक ५० मिटर चौंडा हुनु पर्ने अभियानमा सांसद प्रदिप यादव

1456

वीरगन्ज २९ साउन । पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर १ बाट निर्बा्चित सांसद तथा समाजवादी पार्टीका युवा नेता प्रदिप यादवले वीरगन्जको मुख्य सडकको ५० मिटर चौंडा गर्ने अभियानमा आफ्नो कुनै अवरोध नभएको बताएका छन ।

आवाज एफएम ८८ मेगाहर्जको समय सन्दर्भ कार्यक्रममा बोल्दै सांसद यादवले वीरगन्जको वीरगन्ज घन्टघरदेखि शंकराचार्य गेटसम्मको मुख्य सडक ५० मिटर चौंडा हुनु पर्ने भनेका हुन ।



तर तोडेर मात्र हुन्न तत्काल निर्माण पनि गर्ने ग्यारेन्टी र बजेटको ब्यबस्थापन हुनुपर्ने अन्यथा डोजर ल्याएर तोडफोड गर्दैमा समस्या समाधान नहुने निर्माणको ग्यारेन्टी हुनु्पर्ने भने ।

उहाँले बर्तमान यातायात मन्त्रीले वीरगन्ज घन्टघरदेखि शंकराचार्य गेटसम्मको मुख्य सडकको ५० मिटर चौंडा गर्ने अभियानको म संग मास्टर प्लान नै नभए को जिकिर समेत गर्नुभएको छ ,सांसद प्रदिप यादव भने ।