×

वीरगन्ज, २८ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रदेश नम्बर २ को राजधानी जनकपुरमा नै बनाउने भन्दै हिडीको बेला वीरगन्ज राजधानी संघर्ष समितिका संयोजक एवं नेपाली कांग्रेसका पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरीले फेरी वीरगन्जलाई नै प्रदेश नम्बर २ को राजधानी बनाउने नाटक सुरुगरेका छन ।

प्रदेश नम्बर २ को राजधानी जनकपुरमा नै राख्ने प्रदेशसभाका राजीनितिक दलहरुसँग सहमति जुटेको समाचार सार्वजनिक भएपछि वीरगन्जमा यसको राजनीतिक तरंग फैलिएको छ । जनकपुरलाई अस्थायी मुकाम राखेको दिनदेखि नै विरोध गर्दै आएका वीरगन्ज राजधानी संघर्ष समितिले जनकपुर प्रदेशको राजधानी कुनैपनि हालतमा मान्न नसकिने बताएका छन् ।

वीरगन्ज राजधानी संघर्ष समितिका संयोजक एवं नेपाली कांग्रेसका पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरीले जनकपुरलाई नै राजधानी बनाउन प्रदेशसभा संसदमा सहमति जुटेको हो भने त्यस्को घोर विरोध गर्ने बताएका छन् । पूर्व मन्त्री समेत रहेका मन्त्री चौधरीले वीरगन्ज प्रदेशको राजधानीका लागि उपयुक्त स्थान भएकोले वीरगन्ज नै राजधानी हुनुपर्छ भन्ने आपूmहरुको अडान कायम रहेको बताए ।

उनले पूर्वका मैथलीभाषी सांसदहरु र मधेसवादी भनाउँदा पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र महतो जनकपुरमा नै राजधानी बनाउनुपर्छ भन्ने पक्षमा देखिएको भन्दै मधेसी जनतालाई उनीहरुले धोका दिएको आरोप लगाए । उनले भने, “मधेस आन्दोलनको नाममा ६ महिना वीरगन्ज नाका बन्द गराएर सबैभन्दा बढी भौतिक तथा मानवीय क्षति वीरगन्जले व्यहोरेको छ । तर राजधानी भने जनकपुर बनाउने हो भने पर्साका जनतालाई धोका हुन्छ ।”

संघीयताको सीमांकनमा आपूm चुरे सहितको २ नम्बर प्रदेशको पक्षमा पहिलेदेखि नै लागेको र त्यसको खाका समेत तयार गरेर बुझाएको जानकारी दिदै पूर्व मन्त्री चौधरीले तत्कालिन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेता राजेन्द्र महतोको नश्लवादी चिन्तनले मधेसमा चुरेलाई मिसाउन नहुने तर्क गरेर मधेसलाई आठ जिल्लामा मात्रै सीमित बनाएको बताए ।

पूर्वको झापादेखि पश्चिमको कन्चनपुरसम्मको भागलाई समग्र मधेस बनाउने अभियानबाट पछि हटेर ८ जिल्लामा मात्रै सीमित गरेर मधेसी जनतालाई नै भ्रममा राखेको नेता सुरेन्द्र चौधरीको भनाई थियो । उनले जनकपुर राजधानी बनाईए सर्लाही, रौतहट, बारा र पर्साका सबै राजनीतिक दलका नेता, नागरिक समाज लगायत सरोकारवालाहरुसँग वृहत छलफल गरेर आन्दोलन शुरु गर्ने बताए ।

भौगोलिक दृष्टिकोण र भौतिक पूर्वाधार विकासको हिसाबले पनि वीरगन्ज राजधानीको लागि उपयुक्त स्थान हुँदाहुँदै जनकपुर राजधानी बनाईए कडा आन्दोलनको तयारी गर्ने बताए ।

Back to top