×

काठमाडौं २८ साउन । हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले यही वर्षभित्र नेपाल हिन्दू राष्ट्र हुने वातावरण तयार हुँदै गइरहेको दाबी गरेका छन् । हिन्दू परिषद् नेपाल उपत्यका कार्य समितिले मंगलबार काठमाडौं स्थित मधेश मिडिया हाउसमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पटेलले यस्तो दाबी गरेका हुन् ।

विदेशी शक्तिहरुले चलखेल गरी षड्यन्त्रपूर्वक नेपाल बाट रातारात हिन्दू राष्ट्रबाट धर्मनिरपेक्षता घोषणा गराएको आरोप लगाएका छन् । उनले नेपालका नेताहरुलाई विभिन्न प्रलोभनमा पारी विश्वका एकमात्र हिन्दू राष्ट्र नेपाललाई धर्मनिरपेक्ष बनाएको दाबी गरेका छन् ।

‘नेपाल हिन्दू राष्ट्र हुँदा कुनै पनि धर्मका व्यक्तिलाई खतरा थिएन, तर अहिले धर्म निरपेक्षता हुँदा क्रिष्चियनहरुले विभिन्न धर्मावलम्बीहरुबीच द्वन्द्वको अवस्था सिर्जना गरिरहेका छन्’, अध्यक्ष पटेलले भने, ‘अब पुनः नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि सबै आ-आफ्नो ठाउँबाट लाग्नुपर्छ ।’ ‘शासन व्यवस्था जे होस्, नेपाल हिन्दू राष्ट्र हुनुपर्छ’ आफूहरुको एक सूत्रीय माग रहेको परिषद्का अध्यक्ष पटेलले बताएका छन् ।

उनले हिन्दू राष्ट्रको कुरा उठाउँदा राजावादीको आरोप लगाउनेहरु क्रिष्चियन नै रहेको दाबी गरेका छन् । उनले बौद्ध धर्मावलम्बीहरु पनि हिन्दू राष्ट्रकै एक अंग रहेको समेत बताएका छन् । आफूहरु राजावादी नरहेको प्रष्ट अध्यक्ष पटेलले पारेका छन् । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएपनि हिन्दू राष्ट्र नै हुनुपर्ने बताए ।

हिन्दू राष्ट्रका लागि अन्तर्राष्ट्रियसतरमा समेत चर्चा चलिरहेको दाबी गरेका छन् । काठमाडौं जिल्ला कार्यसमिति घोषणा गणेश थापाको अध्यक्षतामा हिन्दू परिषद् नेपालले २५ सदस्यीय काठमाडौं जिल्ला कार्यसमिति घोषणा गरेको छ । जसको उपाध्यक्षद्वय मुग बहादुर मगर र गीता साह रहेका छन् ।

यसैगरी सदस्यहरु सुजित कुमार साह, भुवनसिंह शिवाकोटी, देवराज अधिकारी, सुन्दरबहादुर सुवेदी, प्रेमकुमार श्रेष्ठ, मेघराज साहू, निर्मला मजकोटी, रमेश सेढाई, ऋषि लामा, दालसिंह लामा, शिवप्रसाद खनाल, शिवजी बहादुर जी ठकुरी, हेमा मल्ल ठकुरी, विक्रम सापकोटा र साधना यादवरहेका छन् ।

यस्तै मनोनित केन्द्रस्य सदस्य तथा सल्लाहकारहरुमा उपेन्द्र झा,अनिल कर्ण, सपना अर्याल, श्यामसुन्दर राय कुर्मी, हंसा साह, पिंकी महासेठ, देवदत्त पन्त,गायत्री साह,मनोज कर्ण, साधना यादव,ऋषिकान्त मिश्रा,अजय महतो र पल्टन ठाकुर रहेका छन् । हिन्दू परिषद नेपाल उपत्यका कमिटी अध्यक्ष प्रीति रमणको सभापतित्वमा सम्पन भएको थियो।

Back to top