×

वीरगंज २७ साउन । पर्सागढि नगरपालीका स्थित रहेको सबैया साझेदारी वनको गलत कामको ढाकछोप गर्न सबैया साझेदारी वन उपभोक्ता समितिले पत्रकार भेटघाटको नाटक गरेका छन ।

साझेदारी वनको गलत कामको ढाकछोप गर्न सबैया साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष लखनलाल साहले पत्रकार भेटघाटको नाटक गरेका छन ।

वनको काठ बिक्री वतरण, फायरलाइन निर्माण, वृक्षारोपणमा भएको अनियमितालाई ढाकछोप गर्न अध्यक्ष साहले पत्रकार भेटघाटको नाटक गरेका एक जना साझेदारी वनका कर्मचारीले नाम नलेख्ने शर्तमा बताएका छन ।

पर्सागढि नगरपालीका स्थित रहेको सबैया साझेदारी वन बढनियारमा निर्मणा भइरहेको फायरलाइनको काम प्रभावित भएको छ । प्रदेश सरकारको रु २० लाखको बजेटमा निर्माण भइरहेको फायरलाइनको काम स्थानियहरुको अवरोधका कारण रोकिएको हो ।

फायरलाइन निर्माणको लागि साझेदारी बन भित्र तीन किलो मिटर ग्रेबल तथा सरसफाई गर्नु पर्ने काम हाल रोकिएको स्थानियहरुले वताएका छन । डिभिजनल वन कार्यालय पर्साका रेन्जर रेयाज अहमद अंसारीको जिम्मामा रहेको फायरलाइन निर्माण कार्य २०७५ फागुन मसान्त सम्म सम्पन्न हुनु पर्नेमा हाल सम्म नभएको स्थानियहरुले जनाएका छन ।

आर्थिक बर्ष २०७५/०७६ मा गर्नु पर्ने काम २०७६ साउनमा गर्न थालिएको र खोलहरूबाट साउन महिनामा ग्रेबल झिकन नपाउने भए पछि स्थानियहरुको अवरोधका कारण निर्माण कार्य रोकिएको हो । निर्माण भइरहेको फायरलाईनमा ग्रेबल खसाउन साउन २२ गते भतुवा खोलाबाट ग्रेबल झिकेर फारलाइनमा खसालन थाले पछि स्थानियहरूले सरोकारवालालाई जनकारी गराए पछि काम बन्द भएको वताइएको छ ।

ग्रेभल बोकेको ५ वटा ट्रेक्टर स्थानियहरुको सहयोगमा प्रहरीले नियन्त्रणमा समेत लिएको थियो भने सो ट्रेक्टर जिल्ला वन कार्यालयका प्रमुखको आदेशमा छोडिएको समाचार पनि सार्वजनिक भएको थियो । तीन किलो मिटरमा ग्रेबल गर्नु पर्ने फायरलाइनको काम अहिले लगभग एक किलोमिटर जतिमा मात्र ग्रबेल खसालिएको छ ।

वनजंगलमा हुने आगलागि नहोस र भयो भने आगोलाई छिटो नियन्त्रण गर्ने उदेश्यले फारलायन निर्माण गर्न थालिएको थियो तर समयमा निर्माण नहुदा वन जंगलमा ढडेरो नियन्त्रणको समस्या यथावत नै रहेको छ । यस बिषयमा जिल्ला वन कार्यालय पर्साका रेन्जर अंसारी संग बुझदा फायरलाइन निर्माणको समय सकिएकोले काम रोकिएको वताए ।

आर्थिक बर्ष २०७५/०७६ मा गर्नु पर्ने गर्नु पर्ने फायरलाइनको आधि मात्र काम भएको र रु ७ लाख पचास हजार मात्र खर्च भएको वताए । बजेट अभावमा काम रोकिएको अंसारीको भनाई थियो ।

Back to top