सांसद हरिनारायण रौनियार : षड्यन्त्रको शिकार, विकासमा निरन्तर

222

वीरगन्ज, २६ साउन, पर्सा क्षेत्र नम्बर ३ बाट सांसदमा निर्वाचित भएर पनि सत्ता सञ्चालकहरुको राजनीतिक प्रतिशोधको शिकार बनेका हरिनारायण रौनियार जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि आफ्नो क्षेत्रको विकासमा निरन्तर लागिपरेका छन् ।

रौनियार रजानीतिमा सक्रिय हुनुअघि नै अलग भइसकेको व्यवसायिक सरोकारलाई न्यायालयमा पु¥याएर उनको पद निलम्वनमा पारिएको छ । तर, क्षेत्रको विकासलाई उनले आफ्नो पहिलो कर्तव्य ठानेको क्षेत्रमा परेका विकास योजनाहरूले प्रमाणित गरेका छन् ।



चालु आर्थिक वर्ष २०७६÷७७ को बजेटमा पर्सा क्षेत्र नम्बर ३ का लागि २ दर्जनभन्दा बढी योजनाहरू परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी, स्वास्थ्यलगायतका मन्त्रालयबाट विकास योजनाहरू पारिएको सांसद रौनियारले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट पर्साको पचगवा–नौकाटोला, पोखरिया–विरन्चीवर्वा, वीरगञ्ज–पोखरिया सडक र कालोपत्रे, शिवर्वा–गोबिन्दपुर र सिर्सिया–वीरचन्चीवर्वा सडकको योजना कार्यान्वयनमा ल्याइने भएको छ ।

गर्दौलदेखि रामनगरी महुवन र गोविन्दपुरदेखि हसावसम्मको सडक कालोपत्रेका लागि बजेट परेको छ ।
सहरी विकास मन्त्रालयले पोखरिया नगरपालिकामा सडक ढललगायतको एकीकृत सहरी पूर्वाधारका लाडि ४ करोड रुपैयाँ छुट्याएको छ ।

पोखरिया नगरपालिकामा जग्गा एकीकरण आयोजनाको विस्तृत इन्जिनियरिङ हुने भएको छ । पोखरियामा यसअघि नै एक अर्व रुपैयाँभन्दा बढीको योजना आइसकेको छ ।

खानेपानी सुविधाका लागि प्रसौनीभाठा बजार, पकाहमैनपुर बजार, श्रीपुरको ५ र ६ नम्बर वडा, सुखवा प्रसौनी, महुवनलगायतका स्थानमा खानेपानीका योजना यसै वर्ष सुरु गरिने भएको छ । यो कार्यका लागि खानेपानी मन्त्रालयले बजेट छुट्याएको रौनियारले बताए ।

पोखिरयाको १,२,३,५,६,९ र १० नम्बर वडामा स्वास्थ्यचौकी निर्माण हुने भएको छ । स्वास्थ्य मन्त्रालयमार्फत पटेरवा सुगौलीमा पनि यो संरचना निर्माण हुनेछ ।

पोखरिया, विश्रामपुर र पकाह हेल्थपोष्टको स्तरोन्नति गरिने रौनियारले बताए । सत्ता राजनीतिले रौनियारको राजनीति सिध्याउन राज्यसत्ताको चरम दुरुपयो गरे पनि रौनियारले भने आफ्नो क्षेत्रको विकासलाई आफ्नो राजनीतिको अभीष्ट मानेको पर्सा ३ का बासिन्दाले बताउने गरेका छन् ।