×

बारा २५ साउन । बाराको परवानीपुर गाउँपालिका ५ स्थित रामजानकी धर्मशालाको उद्घाटनका विषयमा विवाद हुँदा वडा अध्यक्ष सहित सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

परवानीपुर गाउँपालिका ५ बहुअरीमा गाउँपालिकाको बजेटबाट निर्माण भएको धर्मशाला शनिवार प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । मन्त्री सोनलले उद्घाटन गर्ने विषयमा आपती जनाउँदै परवानीपुर गाउँपालिका ५ का वडा अध्यक्ष रामेश्वरप्रसाद कलवार सहितका केहि व्यक्तिले नाराजुलुस गरेका थिए ।

संघिय समाजबादी फोरमबाट निर्वाचित वडा अध्यक्ष कलवारले आफ्नो वडामा निर्माण भएको धर्मशाला राष्ट्रिय जनता पार्टीका नेताबाट उद्घाटन गर्न लागिएको भन्दै आफ्नै नेतृत्वमा विरोध प्रदर्शन गरेका थिए । वडा अध्यक्षको समुहले मन्त्री सोनल सहित गाउँपालिका अध्यक्ष हरिनारायण गुप्ता विरुद्ध समेत नाराबाजी गरेका थिए ।

वडाध्यक्ष सहित स्थानीय केहि व्यक्तिको विरोधका विच उक्त धर्मशालाको मन्त्री सोनलले उद्घाटन गरेका छन् । धर्मशाला उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति बाराका अध्यक्ष नवलकिशोर सिंह लगायतको उपस्थिती रहेको थियो ।

Back to top