×

वीरगन्ज २५ साउन । पर्सा प्रहरीले पकहा मैनपुर गाउँपालिका वडा नं. २ सुर्जाहाका राजेश सहनीलाई पक्राउ गरेको छ । भारतीय प्रहरीले शुक्रबार वीरगंजबाट सहनीलाई पक्राउ गरेर लगेको समाचार सार्वजनिक भए पनि नेपाल प्रहरीले नै प्रकाउ गरेको पुष्टि भएको छ ।

वीरगंजको घण्टाघरबाट शुक्रबार सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्ष सोमेन्द्र सिंह राठौरले पुष्टि गरेका छन । पुरानो मुद्दामा अनुसन्धानको लागि सहनीलाई प्रकाउ गरिएको प्रहरी उपरिक्षक राठौरले वताए ।

पुरानो कुन मुद्दामा पक्राउ गर्नु भएको भनेर प्रहरी उपरिक्षक राठौर संग बुझदा उनले भने ‘अहिले हामी अनुसन्धानमा छौं भन्न मिल्दैन, अनुसन्धान पुरा भए पछि हामी वताउछौं’ ।

रक्सौलबाट वीरगंज तर्फ आईरहेका ना ४६ प ७६६६ को कालो स्पेलेण्डर मोटरसाईकलमा सवार सहनीलाई सेतो रंगको स्कर्पियो गाडीमा शुक्रबार साझ पांच बजे वीरगन्जको श्रीराम हल नजिकबाट चढाएर केही व्यक्तिहरुले लगेको प्रत्यक्षदर्शीहरुले वताएको सामाचार सार्वजनि भएको थियो ।

यता सहनीको नाउँ बेलाबखत जालीनोटको कारोबारमा संलग्न रहेको आरोप लागे पनि सो मुद्दा सुलझिसकेको वताएको छ । प्रहरीले गलत तरिकाले सहनीलाई फसाउने नियतले पक्राउ गरेको उनको आफन्तजनले आरोप समेत लगाएका छन ।

Back to top