×

वीरगन्ज २० साउन । पर्साको दुग्धेश्वर महादेव मन्दिरको रेलिङ भत्किँदा १२ जना घाईते भएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जको मध्येभागमा पर्ने दुग्धेश्वर महादेव मन्दिर ‘रामभौरी भाठा’मा बनाईएको रेलिङ भत्किँदा मन्दिरमा जल चढाउन गएका तिर्थालुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक आशिस अधिकारीले जानकारी दिए ।

हरेक बर्ष साउन महिनामा दुग्धेश्वर महादेव मन्दिरमा जल चढाउन नेपाल तथा भारतबाट दैनिक हजारौँ श्रद्धालुहरु आउने गर्दछन् ।

घाईते हुनेहरुको पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ । उनिहरु मध्ये दुईको वीरगञ्जमा र अन्यको स्थानिय स्वास्थ्य संस्थाहरुमा उपचार भैरहेको छ ।

Back to top